ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पेनमा हुने विश्व माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने


एबीसी न्यूज
फाल्गुन ८, २०८१ बिहीबार   २ : ४३   बजे

काठमाडौं ८ फागुन । स्पेनमा हुने विश्व तेस्रो माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालले पहिलो पटक सहभागिता जनाउने भएको छ।

नेपाल एडभेन्चर रनिङ महासंघको आज बिहीबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको जानकारी दिएको हो। ९० भन्दा बढी देशले सहभागिता जनाउने च्याम्पियनसिपमा ५ विधामा स्पर्धा हुनेछ।

तर नेपालका ८ धावकले २ विधामा सहभागिता जनाउनेछन्। अन्य धावकका बारेमा भने मार्चको अन्तिममा मात्र सहभागिताको टुङ्गो लाग्नेछ।

नेपालका शीर्ष वरियताका ८ धावकले सहभागिता जनाउनेछन्। नेपालका वरियतामा शीर्ष ८ मा समान ३ महिला र पुरुष धावकले सहभागिता जनाउने अन्तर्राष्ट्रिय मामिला संयोजक प्रिति खत्रीले जानकारी दिईन्।

नेपालमा अहिले पुरुषतर्फ सुमन कुलुङ, साङ्गे शेर्पा, अर्जुन राई र मान कुमार रोका मगर शीर्ष ४ मा रहेका छन्। महिलातर्फ सुनमाया बुढा, प्रिया राई, राममाया बुढा र निर्मला राई शीर्ष चारमा रहनेछन्।

च्याम्पियनसिपमा नेपालका धावकहरुले सर्ट ट्रेल ४५ के र लङ ट्रेल ८२ के मा सहभागिता जनाउन सक्ने खत्रीले बताईन्।

च्याम्पियनसिपमा सहभागी हुने पुरुष खेलाडीलाई अष्ट्रियास्थित डा।सिग्रिड फाउण्डेसनले प्रायोजन गर्नेछ।

च्याम्पियनसिपमा सहभागी हुन प्रारम्भिक खर्च करिब ३७ सय यूरो ९नेपाली ५५ लाख रुपैयाँ० खर्च लाग्ने अनुमान गरिएको महासंघका अध्यक्ष एकेन्द्र बहादुर कुवँरले जानकारी दिए।

च्याम्पियसिपका लागि नेपालले मार्च१ देखि २५ सम्म छनोट आयोजना गर्नेछ। च्याम्पियनसिपमा नेपालका ८ धावकले स्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group