ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदको सुझाव- युवाको आवश्यकतालाई ध्यानमा राखेर नीति बनाऔ


admin

काठमाडौँ, १ चैत। युवा नीतिलाई युवाको प्रमुख आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने सुझाव सांसदले दिएका छन् ।

राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘युवासम्बन्धी रणनीतिक योजना तर्जुमाका लागि संघीय संसद्का सांसद’ सँगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले युवाको आवश्यकतालाई ध्यानमा राखी युवा नीतिलाई परिमार्जन गर्नुपर्ने सुझाव दिएका हुन् ।

सो अवसरमा संघीय संसद् सदस्य नरबहादुर धामीले युवालाई रोजगार कसरी बनाउने भन्नेमा नीति केन्द्रित हुनुपर्ने बताउँदै युवालाई स्वदेशमा नै रोजगार दिनेखालको नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अर्का सदस्य पदम गिरीले विधमान युवा नीतिमा सुधार गर्न आवश्यक रहेको उल्लेख गर्दै युवालाई सीपमुलुक बनाउनेतर्फ नीति उन्मुख हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

राष्ट्रियसभा सदस्य हरिराम चौधरीले युवा लक्षित कार्यक्रमलाई समेट्नेखालका नीति ल्याउनुपर्नेमा जोड दिदैं पहुँचको अभाव र राजनीतिक हस्तक्षेपका कारण वास्तविक युवा कार्यक्रमबाट वञ्चित हुनुपरेको धारणा व्यक्त गर्नुभयो ।

पूर्वसभामुख ओनसरी घर्तीले युवालाई स्वदेशमा नै बसेर रोजगारी उपलब्ध गराउनेखालको कार्यक्रम ल्याउनुपर्ने बताउँदै युवालाई आत्मनिर्भर र देशको अर्थतन्त्र बलियो बनाउनेखालका कुरा नीतिमा समेट्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

“अहिले युवाको समस्या जल्दोबल्दो छ, ती समस्यालाई समाधान गर्नका लागि युवा सांसदले नै अग्रसरता लिनुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकूद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले राष्ट्रिय समृद्धिको अभियानमा युवालाई परिचालन गर्नेखालको नीति ल्याइने जानकारी दिदैं अब बन्ने नीतिमा युवाको मुद्दालाई समेटिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय युवा परिषद्का अधिकारलाई संघ, प्रदेश र स्थानीय तहमा बाँडफाँड गरेर युवाका कार्यक्रमलाई अगाडि लैजानुपर्ने चर्चा गर्दै संघका परिषद्ले नीतिगत तहमा काम गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्नेजस्ता कार्य गर्ने छ भने प्रदेश र स्थानीय तहमा रहेका परिषद्ले युवाको विकाससँग सम्बन्धित भएर काम गर्ने छ भन्नुभयो ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले अहिले भएको ऐन नीति नियमले युवाका आवश्यकतालाई पूरा गर्न नसकिएको भन्दै अब बन्ने नीतिले युवाका अधिकांश मुद्दालाई सम्बोधन गर्ने बताउनुभयो ।

“अहिले विभिन्न मन्त्रालयबाट युवाका काम हुने गरेका छन्, जसले गर्दा युवाको काम राम्रोसँग हुन पाएको छैन”, उहाँले भन्नुभयो, “ती कामलाई परिषद्बाट नै एकीकृत ढंगले गराउन सक्ने हो भने धेरै युवाका मुद्दामा काम गर्न सकिन्छ ।”

संघीय संरचनाअनुसार परिषद्को नीतिगत परिवर्तन आवश्यक भएकाले कार्यक्रम आयोजना गरिएको परिषद्का प्रमुख प्रशासकीय अधिकृत मुक्तिसिंह ठकुरीले जानकारी दिनुभयो ।

कार्यक्रममा ४० वर्षभन्दा कम उमेरका करीब ४० सांसदको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com