ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंहदरबार धाउँदै जनप्रतिनिधि, कर्मचारी उपलब्ध गराईदिन माग


admin

काठमाडौँ, २९ फागुन। गाउँगाउँमा सिंहदरबार पुगेको भनिए पनि दुर्गम जिल्ला मुगुका जनप्रतिनिधिले कर्मचारीको माग गर्दै सिंहदरबार धाउन थालेका छन् ।

जिल्ला सदरमुकामसमेत रहेको छायाँनाथ रारा नगरपालिकामा कर्मचारी नभएको भन्दै निर्वाचित प्रतिनिधिसभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहितको समूह आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर आवश्यक कर्मचारी उपलब्ध गराईदिन माग गरेका हुन् ।

सांसद गोपाल बमको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले जिल्लाका स्थानीय तहमा छिटो कर्मचारी पठाउन मन्त्रालयमा अनुरोध गरेको छ ।

जिल्लाको एक नगरपालिका र तीन गाउँपालिकामा कार्यकारी अधिकृत र वडा कार्यालयमा सचिवसमेत नहुँदा कार्य सम्पादनमा असर पुगेको भन्दै सांसद बमले मन्त्रालयका अधिकारीलाई छिटो कर्मचारी व्यवस्था गर्न माग गर्नुभयो ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले १४ वडा रहेको नगरपालिकामा दुई जना मात्र सचिव रहेको बताउनुभयो ।

“नगरपालिकामा कार्यकारी अधिकृत पनि छैनन्, विद्यालय निरीक्षकका भरमा काम चलाउनुपरेको छ, संघबाट कर्मचारी पनि पठाइएन, हामीलाई कर्मचारी राख्ने अधिकार पनि छैन, जनताको काम कसरी गर्ने रु”– मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङसँग प्रश्न गर्दै उहाँले भन्नुभयो ।

दुई सचिवले १४ वडाको काम गर्नुपर्दा कार्य सम्पादनमा असहजता भोग्नुपरेको नगर प्रमुख शाहीले सुनाउनुभयो । लामो समयपछि जनप्रतिनिधि निर्वाचित भएकाले स्थानीयस्तरमा जनचाहनाअनुरुप काम गर्न कर्मचारी अभावका कारण समस्या भएको प्रतिनिधिमण्डलको भनाइ थियो ।

कर्मचारी समायोजनको प्रक्रिया चलिरहेको जानकारी गराउँदै सहसचिव तामाङले समायोजनपछि अपुग कर्मचारी स्थानीय तहको मागअनुसार प्रदेश लोकसेवाले विज्ञापन गरी नियुक्तिका लागि सिफारिश गर्ने बताउनुभयो ।

नगरपालिकाको वडा नं १३ का अध्यक्ष चक्रबहादुर साउद एक जना कर्मचारीका भरमा आफूले वडा कार्यालय सञ्चालन गरिरहेको गुनासो गर्नुभयो ।

“एकै जना कर्मचारीले कुचो लगाउनेदेखि टिप्पणी उठाउनेसम्मका काम गर्नुपर्ने बाध्यता छ, तीन दिनसम्म हिँडेर जनता सेवा लिन आउँछन्, एक दिन छोडेर हिँडे जनताको काम रोकिन्छ, कर्मचारी नहुँदा कार्यालय चलाउन समस्या भएको छ”– उहाँले भन्नुभयो ।

नगरपालिकाकी उपप्रमुख शान्ता रोकाया जनप्रतिनिधि निर्वाचित भए पनि कर्मचारी अभावका कारण काम गर्न नसकिएको बताउनुहुन्छ । मन्त्रालयका अधिकारीसमक्ष उहाँले उपप्रमुखको कामका विषयमा प्रष्ट पारिदिन पनि माग गर्नुभयो ।

मुलुक संघीय प्रणालीमा गएपछि कर्मचारीको व्यवस्था भए सेवा प्रवाहमा सहज हुने भन्दै प्रतिनिधिमण्डलले अधिकारीलाई अनुरोध गरेको छ । मुगुमा छायाँनाथ रारा नगरपालिका, मुगुम कर्मारोग, सोरु र खत्याड गाउँपालिका गरी चार वटा स्थानीय तह छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com