ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुक र जनताको गरिमा बढाउने काम गर्नेछु : सञ्चारमन्त्री


admin
श्रावण ११, २०७४ बुधबार   ८ : २६   बजे

काठमाडौँ, ११ साउन । नवनियुक्त सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना तथा सञ्चार मन्त्रालयमा आज साँझ पदबहाली गर्नुभयो ।

नवनियुक्त मन्त्री बस्नेत मन्त्रालय पुग्नुहुँदा सचिव महेन्द्रमान गुरुङ्गलगायत मन्त्रालय मातहत विभाग र निकायका प्रमुखले स्वागत गर्नुभएको थियो ।

पदबहालीलगत्तै सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा सूचना तथा सञ्चार मन्त्रालय मातहत परेका कार्यक्रमको कार्यान्वयन गर्ने निर्णयमा उहाँले हस्ताक्षर गर्नुभएको थियो । त्यस निर्णयमा कार्यक्रम कार्यान्वयन, अनुगमन, आफ्नै स्रोत भएका मातहतका निकायले पेश गर्नुपर्ने प्रगति विवरण, योजना कार्यान्वयनपछि पेश गर्नुपर्ने प्रतिवेदन, मूल्याङ्कनसम्बन्धी विषय समेटिएका छन् । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुक र जनताको गरिमा बढाउने र परिणाम दिने गरी सञ्चार मन्त्रालयमा रहेर आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 


नवनियुक्त मन्त्री बस्नेतले आजै सूचना तथा सञ्चार मन्त्रालय, विभाग र मातहतका निकायका प्रमुखलाई निर्देशन दिँदै मेहनत र सुझबुझका साथ परिणाम दिने गरी काम गर्ने आफ्नो योजनामा सबैको साथ, सहयोग र सल्लाहको अपेक्षा गरेको बताउनुभयो ।

“राम्रो काम गर्नेलाई प्रोत्साहन र गल्ती गर्नेलाई दण्डको व्यवस्था हुनुपर्छ भन्ने मेरो मान्यता हो, सबैले ठीक ढंगले ठीक समयमा कार्यसम्पादन गर्ने पद्धतिको विकास गर्न आवश्यक छ”– उहाँले भन्नुभयो ।

‘चेन अफ कमाण्ड’को सम्मान गर्दै समूहको भावनाअनुरुप काम गर्न सकियो भने मन्त्रालयले आफ्ना काम कारबाहीमा उत्कृष्ट नतिजा दिन सक्छ भन्नेमा आफू विश्वस्त रहेको सूचना तथा सञ्चारमन्त्री बस्नेतले स्पष्ट पार्नुभयो ।

पीता खड्गबहादुर र माता कोमलमायाका जेठो छोरोका रुपमा विसं २०१५ मा सिन्धुपाल्चोक बाह्रबिसेमा जन्मनुभएका बस्नेतले विसं २०३४ देखि नेविसङ्घबाट राजनीतिक जीवन प्रारम्भ गर्नुभएको हो । राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर बस्नेत विसं २०५६ मा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । यसअघि स्वास्थ्य राज्यमन्त्री भइसक्नुभएका मन्त्री बस्नेत संविधानसभाको दोस्रो निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट संविधानसभा सदस्य चुनिनुभएको थियो ।

यसअघि सचिव गुरुङले मन्त्रालयको समग्र वस्तुस्थिति, राष्ट्रिय आमसञ्चार नीतिलगायतका विषयमा मन्त्री बस्नेतलाई सामान्य जानकारी गराउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group