ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशी जनताको समृद्धिका लागि सरकारलाई समर्थन


एबीसी न्यूज
फाल्गुन २२, २०७४ मंगलबार  १० : १५ बजे

बर्दिवास, २२ फागुन ।   वाम गठबन्धनका नेताले प्रदेश नम्बर २ मा मधेशी जनताको समृद्धिको सपनालाई बल पु¥याउन सरकारलाई समर्थन गरेको बताएका छन् ।

सोमबार महोत्तरीको भङ्गाहा नगरपालिकाको सीतापुर बजारमा नेकपा (एमाले) भङ्गाहा नगर कमिटीले आयोजन गरेको ४५ औँ सुखानी सहादत दिवशलाई सम्बोधन गर्दै गठबन्धनका नेताले मधेशी जनताको समृद्धिको सपनालाई बल पु¥याउन संघीय समाजवादी फोरम नेतृत्वको सरकारलाई समर्थन गरिएको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलले फोरमको कुनै गुन तिर्न समर्थन नगरिएको स्पष्ट पार्नुभएको थियो । “एमालेका तर्फबाट भन्नुपर्दा फोरमले कुनै गुन लगाएको र सो तिर्नपर्ने स्थिति भने होइन” नेता मण्डलले भन्नुभयो–“तर मधेशी जनताको समृद्धिको जुन सपना छ, त्यसलाई बल पु¥याउन भने बलियो प्रदेश सरकार आवश्यक थियो, हामीले त्यसैलाई बल पु¥याएका हौँ ।”

आफ्नोतर्फबाट मधेशको समृद्धिका लागि भरपुर प्रयत्न हुने एमालेको स्थायी कमिटी सदस्य र पार्टीको प्रदेश संयोजकसमेत रहनुभएका नेता मण्डलले स्पष्ट पार्नुभयो । “हामीले मधेशी जनताको सम्मान गर्दै प्रदेश सरकारलाई समर्थन गरेका छौँ” नेता मण्डलले भन्नुभयो–“अब सबैको सहयोग लिएर अघि बढ्ने काम सरकारको हो ।”

त्यसैगरी, समारोहलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का नेता एवं प्रदेशसभा सदस्य भरतप्रसाद साहले अब छिट्टै दुई दल –एमाले र माओवादी केन्द्रबीच हुने एकीकरणपछि कम्युनिष्ट पार्टी प्रदेशको पहिलो पार्टी हुने बताउनुभयो । आफूहरु प्रदेशमा जनताको समृद्धिको कुरालाई जिम्मेवारीबोध गरेर अघि बढेका बताउँदै नेता साहले प्रदेश सरकारका तर्फबाट पनि त्यस्तै अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य शारदा थापा र मञ्जु यादवले सुखानीको सहादत खेर जान नदिने प्रतिबद्धता जनाउनुभएको थियो । विसं २०२९ फागुन २१ गते तत्कालीन पञ्चायती सरकारले जेल सार्ने निहुँमा झापाको सुखानीमा गोली हानेर हत्या गरेका कम्युनिष्ट पार्टीका अगुवा योद्धा रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको सम्झनामा आयोजित सो कार्यक्रममा एमाले २ नम्बर प्रदेश कमिटीकी सदस्य सरिता ढुंगाना, एमालेका कार्यबाहक जिल्लाअध्यक्ष शौखीलाल यादव र जिल्लाका पुराना वामपन्थी नेता रामबहादुर रानाले सुखानी सहादत दिवसको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

रमेश यादवको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा महोत्तरी जिल्लाबाट प्रदेशसभामा निर्वाचित सदस्य भरतप्रसाद साह, शारदा थापा र मञ्जु यादवलाई एमाले प्रदेश संयोजक मण्डलले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सोही समारोहमा एमाले भङ्गाहा नगर कमिटीका संयोजक रमेश यादवले नेता मण्डललाई सम्मानित गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

अमेरिका–इजरायलले इरान र लेबनानमा एकसाथ हमला, दूतावासहरू बन्द, हजारौं विस्थापित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चुनावी विश्लेषण गर्न पाउनुपर्ने माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

अमेरिका–इजरायलले इरान र लेबनानमा एकसाथ हमला, दूतावासहरू बन्द, हजारौं विस्थापित

एक व्यक्ति ट्रम्पको युद्ध !

सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता

धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com