ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ सरकारलाई बधाई मात्र कि सार्क सक्रियताको कसरत ? (भिडियो)


admin
फाल्गुन २१, २०७४ सोमबार  १२ : ०५ बजे

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार दुइदिने नेपाल भ्रमणमा आउँदै छन । अब्बासीको यो भ्रमण नयाँ सरकारलाई बधाईसंगै सार्कको सक्रियताका लागि छलफलमा आएको परराष्ट्रविद्हरु बताउँछन । पाकिस्तानले चालेको यो पहलमा सार्कको अध्यक्षता गरिरहेको नेपालले पनि कसैको दवावमा नआई सार्कको सक्रियता र छिमेकी मुलुकहरुले देखाएको चासोको फाइदा लिन पर्नेमा जोड दिएका छन ।

पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी दुईदिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आउँदैछन । न त कुनै सभा सम्मेलन न त औपचारिक निमन्त्रणा, पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउने खबरले कुटनीतिक वृत्तमा तरंग ल्यायो परराष्ट्र मन्त्रालयलाई समेत औपचारिक जानकारी नभएको अब्बासीको भ्रमण मूलतः नेपालको निमन्त्रणामा भन्दा पाकिस्तानको इच्छाकै कारण भएको बुझ्न सकिन्छ । तर, इस्लामाबादबाट काठमाडौंंमा भ्रमणको सन्देश पुग्दै गर्दा यस्तको तरंग नयांदिल्ली सम्म पुगिसकेको छ । साउथ ब्लक र भारतीय कुटनीतिज्ञहरु कान ठाडो पारेर बसेका छन् ।

प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणको मुख्य उद्देश्य नवगठित सरकारलाई बधाई र शुद्ध द्विपक्षीय कूटनीतिक सम्बन्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जनाएको छ । सरकार गठन हुनुभन्दा अघि नै भारतीय विदेशमन्त्री सुस्मा स्वराज वेटिङ प्रधानमन्त्री ओलीलाई भेट गर्न नेपाल आएकी थिइन । तर, सरकार गठन भैसकेपछि कुनै पनि विदेशी राजनेताको पहिलो उच्चस्तरीय हो पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण । प्रधानमन्त्री अब्बासीको भ्रमणलाई भारतीय विदेशमन्त्रीको काउन्टर रुपमा व्याख्या गर्छन्, पाकिस्तान मामिलाका जानकार एवं कुटनीतिज्ञ डाक्टर शास्त्रदत्त पन्त ।

त्यसो त, पाकिस्तानका प्रधानमन्त्रीले २४ वर्षपछि गर्न लागेको यो पहिलो औपचारिक नेपाल भ्रमण समेत हो । यसअघि सन् १९९४ मेमा पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनिजिर भुट्टोले द्विपक्षीय सम्बन्धलाई अघि बढाउन नेपाल भ्रमण गरेकी थिइन् । त्यसपछि पाकिस्तानका एक राष्ट्रपति र तीनजना प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिए । ती सबै भ्रमण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा आधारित थियो । भ्रमणको मुख्य उद्देश्य बधाई दिने मात्र भनिए पनि अहिले नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकाले अब्बासीको नेपाल भ्रमण सार्क शिखर सम्मेलन आयोजनाको लविङका लागि पनि भएको जानकारहरु बताउँछन ।

पाकिस्तानमा सन् २०१६ मा हुने भनिएको सार्क सम्मेलन भारत सहभागि नहुने भएपछि स्थगित भएको थियो । त्यसपछि निष्कृय जस्तै रहेको सार्कलाई सक्रिय गराउन यो भ्रमण केन्द्रित हुनसक्ने बताउंछन् परराष्ट्रविद् हिरण्यालाल श्रेष्ठ ।

एसियाली राष्ट्रहरुको संयुतm विकास र सहयोगका लागि स्थापना भएको सार्कलाई कुनै एउटा देशको कारणले निष्कृय गराउन हुंदैन । यसकारण, नेपालले सबैलाई मिलाएर मध्यस्ताकर्ताको भुमिका निर्वाह गरि यसबाट फाइदा लिन आवश्यकता भएको बताउंछन डाक्टर पन्त ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथपछि दक्षिण एसियाली राष्ट्रहरुमा धेरै सरकार फेरिए । तर नया“ प्रधानमन्त्रीलाई बधाई दिन तत्कालै अन्य देशका प्रधानमन्त्री सम्बन्धित देश पुगेका छैनन् । अहिले पाकिस्तानी प्रधानमन्त्री नेपालका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिन नेपाल आउने भएपछि यसले दक्षिण एसियाको राजनीतिमा बेग्लै तरंग ल्याउने आंकलन समेत गरिएको छ ।

नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २९ मा कूटनीतिक सम्बन्ध गाँसिएपछि दुवै देशले एकअर्कालाई उच्च प्राथमिकता दिँदै आएका छन् । नेपालले १९६२ मा पाकिस्तानमा आवासीय दूतावास स्थापना गरेको हो । कूटनीतिक सम्बन्ध स्थापनासंगै दुवै देशबीच उच्चस्तरीय भ्रमण हुँदै आए पनि पछिल्लो दुई दशकमा भने यो गतिमा ‘ब्रेक’ लागेको थियो । यो भ्रमणले कस्तो खालको उपलब्धि दिन्छ त्यो भने भ्रमणपछिका दिनहरुले देखाउने नै छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

इतिहास १० दिनपछि आर्टेमिस-२ को टोली सुरक्षित रूपमा पृथ्वी फर्कियो

कहिलेदेखि वाशिङ्टन पाकिस्तान आउन थाल्यो ? के के गर्यो ? (संक्षेपमा)

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

विश्वले नियालिरहेको वार्ता: इस्लामाबादमा कस्तो छ तयारी

इरानसँगको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान आउने

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com