ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा १० नक्सलाइट र एक प्रहरी मारिए


एबीसी न्यूज

 

 

फागुन १८ – भारतको छत्तीसगढ राज्यको एक जंगलमा शुक्रबार बिहान प्रहरी र भारतीय सशस्त्र विद्रोही समूह नक्सलाइटबीच भएको भिडन्तमा परि १० जना विद्रोहीको ज्यान गएको समाचार छ ।

उनीहरुको खोजीका लागि पुगेका प्रहरी र विद्रोहीबीचको भिडन्तमा परि एकजना प्रहरी पनि मारिएको समाचारमा जनाइएको छ ।
राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा सो जानकारी दिइएको छ । उक्त समाचारअनुसार छत्तीसगढ र तेलङ्गना राज्यको सीमा क्षेत्रमा पर्ने एक जंगलमा सो भिडन्त भएको थियो ।

भिडन्तका क्रममा अरु केही विद्रोही घाइते पनि भएको बताइएको छ । तेलङ्गना र छत्तीसगढ राज्यको संयुक्त सुरक्षा गस्ती टोलीमाथि यी दुई राज्यको सीमा क्षेत्रमा पर्ने पुजारी कन्कर जंगलमा विद्रोहीले आक्रमण गरेका थिए ।

आक्रमणपछि प्रहरीको जवाफी फायरमा परि ती विद्रोही मारिएका थिए । उक्त जंगलमा केही घन्टासम्म नै दोहोरो फायरिङ भएको थियो ।

मारिनेमा नक्सलाइट विद्रोही समूहका एकजना उच्चस्तरीय कमाण्डर पनि परेका छन् । मारिने १० जनामा छ जना महिला लडाकू परेका बताइएको छ ।

भारतमा भूमि अधिकारको मुख्य उद्देश्य र मागराखी सन् १९६७ बाट भारतको पश्चिम बंगालको नक्सालबारी भन्ने स्थानबाट यो विद्रोह सुरु भएको मानिएको छ ।

आजसम्म यस विद्रोहमा परि कम्तीमा पनि ६ हजार नागरिकको ज्यान गइसकेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा यो नक्सलाइट विद्रोहलाई सुुरक्षाको प्रमुख चुनौतीका रुपमा लिन थालिएको छ । सुरुमा भारतको छत्तीसगढमा मात्र सिमीत यो विद्रोह हाल आएर अन्य भारतीय राज्यमा पनि फैलिएको बताइन्छ ।  –रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com