ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनेछौँ


एबीसी न्यूज

 

पाल्पा, १६ फागुन । प्रदेश नं ५ का सांसद नारायणप्रसाद आचार्यले जनताका दैनिक काम सहजरुपले सम्पादन गर्नका लागि चुस्त दुरुस्त प्रशासन बनाउनेतर्फ आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको छ ।

रासससँगको कुराकानीमा स्थानीय प्रशासन चुस्त दुरुस्त बनाउनका लागि आवश्यकताअनुसार प्रदेशस्तरीय ऐन, कानून निर्माण गरी अघि बढ्ने उहाँले बताउनुभयो । जवाफदेही र पारदर्शी राज्यसत्ता निर्माण गरी सुशासन सहितको राज्य निर्माण हाम्रो पहिलो प्राथमिकता रहनेछ, उहाँले भन्नुभयो ।

नेकपा (एमाले) पाल्पाका अध्यक्षसमेत रहनुभएका आचार्यले जनताका समस्या शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, यातायात लगायतका क्षेत्रमा अपेक्षा अनुसारका काम भएका छैनन् । त्यस्ता जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताउनुभयो । “जनतालाई सुखी र समृद्ध राष्ट्र निर्माण गर्नका निम्ति जिम्मेवार भएर काममा लाग्नेछौँ । सडकको पहुँचलाई विस्तार गर्दै सडकको स्तरीकरण, स्तरीय यातायातको पहुँचमा वृद्धि गर्दै अघि बढ्नेछौँ,” आचार्यले भन्नुभयो ।

देशमा दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा नै रोजगारी सम्भावना विस्तार गर्नेतर्फ आफू लाग्ने बताउनुभयो । देशमा प्राकृतिक स्रोत र साधन प्रशस्त रहेपनि हालसम्म राज्यले ठीक खालको नीति अवलम्बन नगरेकै कारण धेरै नेपाली वैदेशिक रोजगारमा जानुपर्ने अवस्था छ । नेपालमा नै रोजगारीका अवस्था सिर्जना गर्नका लागि युवाको क्षमता अभिवृद्धि, सीप तथा दक्ष जनशक्तिको उत्पादन गरी देशमा रोजगारीका सम्भावना बढाउने र देशलाई समृद्ध बनाउने काममा लाग्ने बताउनुभयो ।

पाल्पामा रहेका खानी प्रयोगसम्बन्धी प्रदेशस्तरीय ऐन कानून निर्माण गरी अघि बढ्ने र त्यसले स्थानीयवासीलाई फाइदा हुने बताउनुभयो । पाल्पामा सञ्चालित खानीबाट सीमित व्यक्तिले मात्रा फाइदा लिइरहेको अवस्थामा खानीको नियमन प्रदेश र स्थानीय तहबाट हुने समेत उहाँले बताउनुभयो ।

पाल्पा–बुटबल मार्गमा पर्ने सिद्धबाबा क्षेत्रको सडकले आफूहरुलाई चिन्तित र जिम्मेवार बनाएको उहाँले बताउनुभयो । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार मिलेर राष्ट्रिय प्राथमिकता राखेर काम शुरु हुनेछ । आगामी आर्थिक वर्षदेखि डिपिआर तयार गरी दु्रतगतिमा सिद्धबाबा क्षेत्रको सडकको काम हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com