ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीर्थयात्री निवास भवन बनाउन र पचास लाख


एबीसी न्यूज

म्याग्दी, १६ फागुन ।   म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा तीर्थयात्री निवास भवन निर्माणका लागि एक व्यवसायीले  ५० लाख सहयोग गर्नुभएको छ ।

काठमाडौँको होटल ¥याडिसनका सञ्चालक गोविन्ददास श्रेष्ठद्वारा स्थापित गोविन्द सरस्वती फाउण्डेशनको रु ५० लाख सहयोगमा गलेश्वरमा तीर्थयात्री निवास भवन निर्माण हुन लागेको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले निर्माण गर्न लागेको दुईतले, छकोठे र सयजना क्षमताको भवनको मंगलबार श्रेष्ठ र उहाँकी श्रीमती सरस्वतीलगायत परिवारका सदस्यहरुले संयुक्त रुपमा शिलन्यास गर्नुभयो ।

जनताबाट कमाएको पैसा जनताकै सेवामा लगाउन तीर्थयात्री निवास भवन निर्माणका लागि सहयोग गरेको बताउँदै श्रेष्ठले अरू व्यवसायीलाई पनि आम्दानीको केही हिस्सा सामाजिक क्षेत्रमा लगाउन आग्रह गर्नुभयो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको गलेश्वरमा तीर्थयात्री र भक्तजनको चाप बढेकाले धर्मशाला निर्माण गर्न लागिएको कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार नयाँ धर्मशाला बनेपछि गलेश्वरमा दैनिक पाँचसयजना तीर्थयात्री बास बस्न सक्नेछन् ।

हाल चारसयजना बास बस्न सक्ने धर्मशाला रहेको गलेश्वरमा तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था मिलाइएको छ । गलेश्वरमा पूर्वाधार विकासमा श्रेष्ठले व्यक्तिगत रुपमा हालसम्मकै बढी सहयोग गर्नुभएको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो ।

कालीगण्डकी नदी किनारमा रहेको नौ रोपनी क्षेत्रफलमा फैलिएको ढुंगामाथि अवस्थित गलेश्वरमा भक्तजनले चढाउने भेटी, दाता र सरकारी निकायको नौ करोडको लगानीमा सत्संग भवन, ज्येष्ठ नागरिक आश्रम, पुजारी निवास, सामुदायिक स्वास्थ्य इकाई, पदमार्ग, शिवलिंग, क्याम्पिङ साइट, बालउद्यान, तीर्थयात्री निवास, मन्दिर निर्माण तथा मूर्ति स्थापना गरिएको छ ।

कालीगण्डकीको पानी लिफ्ट गरेर गलेश्वर परिसरमा १०८ धारा र गलेश्वरदेखि राममन्दिर जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माणको तयारी पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com