ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिवपुरी निकुञ्ज बीचको बस्ती स्थानान्तरण गर्न सिफारिश


admin
फाल्गुन १४, २०७४ सोमबार  ३ : ५६ बजे

काठमाडौँ, १४ फागुन । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने जंगलभित्र रहेको मानव बस्ती स्थानान्तरण गर्न सुझाव दिइएको छ ।

वन तथा भू–संरक्षण मन्त्रालयले निकुञ्जभित्रको बस्ती स्थानान्तरणका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको थियो । निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरको संयोजकत्वमा गठन भएको उक्त समितिले अध्ययन गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा निकुञ्जको बीचमा रहेका बस्ती सार्न सिफारिश गरिएको प्रमुख संरक्षण अधिकृत कुँवरले राससलाई बताउनुभयो । निकुञ्ज बीचमा बस्ती हुँदा त्यहाँ बसोबास गर्ने स्थानीयवासीलाई आवतजावत, जीविकोपार्जनलगायत समस्या हुँदै आएको थियो ।

कार्यदलले विभागमा बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रालयमा पठाइएको सूचना अधिकारी नारायण रुपाखेतीले बताउनुभयो । मन्त्रालयमा राजनीतिक नेतृत्व आएपछि प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढ्ने विभागले जनाएको छ ।

निकुञ्जभित्र गोकर्णेश्वर नगरपालिका–१ मा चिलाउने, कुने, मूलखर्क, ओखरेनी र सानो ओखरेनी गरी पाँचवटा बस्ती छन् । साबिकको सुन्दरीजल गाविसका छ वटा वडा रहेको उक्त बस्तीमा जंगली जनावरले बाली भित्र्याउन दिँदैन । उपत्यकामा पिउन ल्याइएको वाग्मतीको पानीको मुहान माथिको सो बस्तीका कारण पानीमा फोहर मिसिएको गुनासो बढेको छ ।

स्थानीयवासीले बस्ती स्थानान्तरणको माग गर्दै आएका छन् । मानव बस्ती भए पनि निकुञ्ज प्रशासनले सडक पूर्वाधार निर्माणमा कडाइ गर्दै आएको छ । बल्ल बल्ल बनेको कच्ची सडकमा सवारी प्रवेश गर्दा उनीहरुले प्रतिटिपको रु ५६५ कर तिर्दै आएका छन् । करका कारण यहाँ खाद्यान्न एवं निर्माण सामग्री महँगो हुने गरेको छ ।

महँगीका कारण भूकम्पले भत्किएका घर यहाँ पुनःनिर्माण हुन सकेको छैन । वडाध्यक्ष राम मानन्धर पानीको स्रोतको सफाइ, निकुञ्जको संरक्षण र नागरिकलाई सहज जीवन निर्वाहका लागि पनि बस्ती स्थानान्तरणको माग गरिएको बताउनुहुन्छ ।

“निकुञ्ज प्रशासन र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगको छलफलमा नगरपालिका–२ नयाँपाटी तथा वडा नं ४ गोकर्णको पर्ती जग्गामा बस्ती सार्न सकिने सुझाव दिएका छौँ”, उहाँले भन्नुभयो । बस्ती स्थानान्तरणको काम छिटो भए भूकम्पपछिको पुनःनिर्माणमा सहज हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

विश्वव्यापी १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

टी–२० विश्वकप क्रिकेटको सुपर–एटका खेल आजदेखि : बेलुका पाकिस्तान र न्युजिल्याण्डले खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com