ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज शपथ लिँदै मोदी


ABC News

 

काठमान्डौ जेठ २७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ राष्ट्रपति भवनमा शपथ लिँदै छन् ।शपथ समारोहमा सहभागी हुन मोदीको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार दिउँसो नयाँदिल्ली पुग्ने कार्यक्रम छ ।

भारत सरकारले छिमेकी देशबाट प्रधानमन्त्री प्रचण्ड, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मिज्जुलाई बोलाएका छन ।

बंगलादेशकी प्रधानमन्त्री हसिना शनिबारै दिल्ली आइपुगेकी छिन् । मोरिससका प्रधानमन्त्री प्रविन्द कुमार जगन्नाथ र सेसेल्सका उपराष्ट्रपति अहम्मद अफिफ पनि शपथग्रहणमा सहभागी हुनेछन् । सेसेल्सका उपराष्ट्रपति अफिफ पनि शनिबारै दिल्ली आइपुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा कानुनमन्त्री पदम गिरीसहितको प्रतिनिधिमण्डल आइतबार नेपाल एयरलाइन्सको उडानबाट दिल्ली पुग्ने कार्यक्रम छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतीय समकक्षी मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने निर्णय गरेको ‘शपथग्रहण समारोहपछि प्रधानमन्त्रीज्यूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको पनि जनाइएको छ । प्रधानमन्त्री प्रचण्ड सोमबार अपराह्न काठमाडौं फर्किनुअघि भारतीय उद्योगी व्यवसायीको समूहसँग छलफल गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले राष्ट्रपति भवनमा आयोजित रात्रिभोजमा सहभागी हुने क्रममा बंगलादेश, भुटान, श्रीलंकाका शीर्ष नेतासँग पनि भेटवार्ता गर्नेछन् ।

नीतीश कुमार नेतृत्वको जनता दल युनाइटेड तथा चन्द्रबाबु नायडु नेतृत्वको तेलुगु देशम पार्टीसहित राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडिए०ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सर्वसम्मत रूपमा प्रधानमन्त्रीमा प्रस्ताव गरेको थियो । कुल ५४३ सदस्य संख्या रहेको भारतीय लोकसभामा एनडिएले २९२ सिट जितेको छ ।

मोदी पहिलोपटक प्रधानमन्त्रीको शपथ लिँदा २०१४ मा सार्क सदस्य मुलुकका नेता तथा मोरिससका प्रधानमन्त्री आमन्त्रित थिए । २०१९ मा मोदीले दोस्रोपटक प्रधानमन्त्रीको शपथ लिँदा बिमस्टेक मुलुकका सदस्य र मोरिससका प्रधानमन्त्री आमन्त्रित थिए । पहिलोपटक मोदीले शपथ लिँदा नेपालबाट प्रधानमन्त्री सुशील कोइराला सहभागी थिए । दोस्रोपटकको शपथमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार मोदीलाई प्रधानमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तारका लागि स्वीकृति दिएकी थिइन् । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आइतबार साँझ सवा ७ बजे राष्ट्रपति मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहलाई शपथग्रहण गराउने कार्यक्रम छ । शपथग्रहण समारोहमा विदेशीसहित आठ हजार पाहुनालाई आमन्त्रित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मोदी तेस्रो कार्यकालका लागि लगातार प्रधानमन्त्री हुने दोस्रो भारतीय नेता हुन् । यसअघि स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले लगातार तेस्रो कार्यकाल सरकार सञ्चालन गरेका थिए । नेहरू १५ अगस्ट १९४७ देखि २७ मे १९६४ सम्म १६ वर्ष २८६ दिन भारतका प्रधानमन्त्री थिए ।

शपथग्रहण समारोहको पूर्वसन्ध्यामा भारतको राजधानी नयाँदिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com