ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगीबारे पोखराको जाहेरीमा १ नं.मा रवि लामिछानेका नाम (निवेदनको पूर्णपाठ)


ABC News

 

काठमाडौं २१ जेठ । पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितहरूले गृहमन्त्री रवि लामिछानेसहित ४ जनाको नाम र ठेगाना नै किटान गरी गएको माघ २२ गते कास्की प्रहरीमा जाहेरी दिएका थिए।

२५ जना पीडितले हस्ताक्षर र ल्याप्चे लगाई पेस गरेको निवेदनको एक नम्बरमा नै रविको नाम छ। सहकारी ऐन र ठगीसम्बन्धी कानुनका आधारमा दिइएको निवेदनको कसुर गर्ने व्यक्तिको नाम, थर ठेगाना भन्ने शीर्षकमा स्थायी ठेगाना काठमाडौँ जिल्ला कामनपा वडा नम्बर ६, वर्ष ४८ को रवि लामिछाने ९गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक, सूर्यदर्शन सहकारीमा खाता नम्बर १०३९०००६६७५७ भएको ० भन्ने किटानी गरिएको छ।

यस्तै उनीसँगै पूर्वसञ्चालक समिति अध्यक्ष ज्ञानबहादुर बमजन, खाता नम्बर ११६–०००३०७१ भएका नेत्रपाणि बास्तोला,नन्दकिशोर पुनका छोरा दीपेश पुन ९खाता नम्बर ११६–०००३०७१० विरुद्ध पनि त्यहाँको रकम हिनामिना गरेको भन्दै किटानी जाहेरी दिइएको छ।

 

पीडितहरूका अनुसार प्रहरीले सुरुमा व्यक्तिको नाममा किटानी जाहेरी लिँदा ठेनानासहित हुलिया खुलाउनुपर्ने माग गरेपछि दुःख गरेर उनीहरूको ठेगाना र हुलिया पत्ता लगाइएको थियो। कम्पनीको हकमा भने ठेगाना नचाहिने भएकाले सोझै उजुरी दिइएको पनि उनीहरूको भनाइ छ।

कृष्णप्रसाद जैसी, भीमा त्रिपाठी, भीमबहादुर रानाभाट, जमुना भण्डारी, विक्रम कँडेल, देवकी दाहाल, लक्ष्मी अधिकारीलगायतले आफ्नो बिगो बराबरको रकम सहकारीका संस्थापक, सञ्चालक, लेखा समितिका सदस्य, विभिन्न कम्पनी र कम्पनीका प्रबन्ध निर्देशक तथा ऋणी स्वयंको समेत मिलेमतो र संलग्नतामा आफूखु्सी दु्रुपयोग गरी व्यक्तिको नाममा जग्गा तथा सम्पत्ति खरिद गरी त्यसबाट ठूलठूला भवन निर्माण गर्नाका साथै विलासी जीवनयापनमा खर्च गरी हामी हामी बचतकर्ताको रकम फिर्ता नगरेकाले किटानी जाहेरी दिएको उल्लेख गरेका छन्।

सुरुमा प्रहरीले जाहेरी लिनै आनाकानी गरेको थियो। तर, पछि प्रहरीले सहकारी पीडितले यसअघि नै निवेदन दिइसकेको र पूरक निवेदन पनि आउने क्रममा रहेकाले यो निवेदनलाई पनि सोही प्रक्रियाअन्तर्गतकै कागजातका रूपमा बुझेको थियो।

पिडितरूले निवेदनमा सबुद प्रमाणस्वरूप आफूहरूले रकम जम्मा गरेको स्टेटमेण्ट स्लिप,जीबी ग्रुप अफ कम्पनीको भ्याट नम्बर जीबी ग्रुपअन्तर्गतकै जलवा इन्टरनेसनल प्रालिको भ्याट नम्बर,स्प्रिङउड रियलस्टेट प्रालिको भ्याट नम्बर,पोखरा महानगरपालिको सहकारी महाशाखाको कर्जाको वित्तीय प्रतिवेदन,ग्यालेक्सी टेलिभिजनरगोर्खा मिडिया प्रालिले सूर्यदर्शन सहकारीसँग गरेको ३० करोडको सेयर तमसुक, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङले सम्मानित अदालतमा गरेको बयानको प्रतिलिपि,पोखरा महानगरपालिकाको सहकारी शाखाको वित्तीय प्रतिवेदनमा रवि लामिछानेले लिएको कर्जा विवरण प्रतिलिपि पेस गरेका छन्

हेर्नुहोस् जाहेरी–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com