ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपहरित छात्रा उद्धार नगरेको आरोप सैनिकद्वारा अस्वीकार


एबीसी न्यूज
फाल्गुन १२, २०७४ शनिबार   ७ : ३४   बजे

 

अबुजा, १२ फागुन ।  नाइजेरियाको सेनाले अपहरित छात्राको उद्धार नगरेको आरोपको बिहीबार खण्डन गरेको छ ।
देशको उत्तरपूर्वी राज्य योबेबाट यसै हप्ताको सुरुमा बोको हरामद्वारा अपहरित छात्राहरूलाई सरकारी सेनाले उद्धार नगरेको आरोप लागेको छ ।
स्थानीय केही अनलाइन सञ्चार माध्यमहरुले ती अपहरित छात्रालाई सेनाले नै नियन्त्रणमा लिएर राखेको समाचार प्रकाशित गरेका थिए । सैन्य प्रवक्ता जोन अगिमले संचार माध्यमहरुले लगाएको आरोपको कतैबाट पुष्टि हुन नसक्ने दावी गर्नुभयो । उहाँले त्यस बारेमा आगामी दिनमा हस्तक्षेपकारी भूमिका खेल्ने पनि बताउनुभयो ।
योबे प्रदेशअन्तर्गत पर्ने डाप्छी भन्ने गाँउमा रहेको सरकारी छात्रा प्राविधिक क्याम्पसमा गत सोमबार भएको आक्रमणबारेमा नाइजेरियामा धेरै विवाद भएको छ ।
अधिकारीका अनुसार कम्तिमा ४६ जना विद्यार्थी अहिले सम्म पनि सम्पर्क विहिन रहेका छन् । सुरुमा क्याम्पसबाट ९४ जना भन्दा बढी छात्राहरु सम्पर्कबिहीन भएका थिए ।
अहिले सम्म हराएका र उद्धार गरिएका छात्राहरूका बारेमा सरकारी अधिकारीहरूले थप जानकारी दिन सकेका छैनन् ।
हराएका मध्ये २८ जनालाई मंगलबार र २० जनालाई बुधबार प्रदेश सरकारले फिर्ता ल्याएको जनाइएको छ ।
घटनाका बारेमा अनुसन्धान गर्न राष्ट्रपति मोहम्मद बुहारीले मन्त्रीपरिषद्का तीन जना सदस्यलाई बुधबार निर्देशन पनि दिनु भएको थियो
बुहारीले सरकारी सेना र अन्य सुरक्षा निकायहरूलाई पनि घटनास्थलमा सुरक्षा सतर्कता बढाउन र हराइरहेका विद्यार्थीको खोजी तथा उद्धार गर्न आग्रह गर्नुभएको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।
झण्डै चार बर्ष अगाडी पनि बोको हरामले २७६ जना छात्रालाई विद्यालयबाट अपहरण गरेको थियो । अपहरित मध्ये १७० जनालाई मात्रै उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group