ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्री सभामुख र ओलीसँग छलफल गर्दै


ABC News

 

काठमाडौं ५ जेठ । संघीय संसद्‌मा जारी गतिरोध अन्त्य गर्न प्रधानमन्त्री प्रच्ण्डले आज विहान कांग्रेस नेताहरुसँग छलफल गरेका छन् । लगत्तै प्रधानमन्त्रीले सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शार्म ओलीबीच संयुक्त छलफल गर्न लागेका छन् ।

शनिबार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयुक्त छलफल हुन लागेको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधिसभाको बैठक भोलि (आइतबार) बिहान ११ बजेका लागि बोलाइएको छ। सो बैठकअघि कांग्रेससँग सहमति जुटाएर अवरोध अन्त्य गने प्रधानमन्त्री प्रचण्डको तयारी देखिन्छ।

यसअघि आजै बिहान प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका थिए। सो छलफल सकारात्मक भएको र सत्तारुढ दलका नेताहरूसँग छलफल गरेर बाँकी निर्णय लिने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेपालखबरलाई जानकारी दिए।

कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकसहितका नेताले छलफलमा सहभागी थिए।

बिहीबार नै कांग्रेस र रास्वपाका नेताहरूसहितको छलफलमा एउटा सहमतिको ड्राफ्ट बनिसकेको थियो। यद्यपि, उक्त ड्राफ्टको टीओआर फाइनल गर्न बसेका रास्वपा उपसभापति स्वर्णिम वाग्ले र कांग्रेस सांसद जीवन परियारबीच कुरा नमिल्दा विषय थप पेचिलो बनेको थियो।

सो कुरा नमिलेपछि शुक्रबार पुनः नयाँ बुँदासहित केही विषय संशोधन गरिएको स्रोतले बतायो। प्रधानमन्त्री प्रचण्डले सहमतिका नयाँ बुँदाबारे शनिबार बिहान कांग्रेस नेताहरूलाई जानकारी गराएका छन्।

कांग्रेसले लगातार सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसदको दुवै सदन अवरोध गर्दै आएको छ।

अवरोधकैबीच गत बिहीबार प्रतिनिधिसभामा सत्तारुढ र प्रतिपक्षी दलका नेताहरूबीच भएका धकेलाधकेलका कारण सहमतिको बाटोमा पुग्न समस्या भएको थियो।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा जोडिएका तथ्य भएकाले उनीमाथि पनि छानबिन हुनपर्ने बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com