ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्री सभामुख र ओलीसँग छलफल गर्दै


एबीसी न्यूज
जेष्ठ ५, २०८१ शनिबार   १ : ४५   बजे

 

काठमाडौं ५ जेठ । संघीय संसद्‌मा जारी गतिरोध अन्त्य गर्न प्रधानमन्त्री प्रच्ण्डले आज विहान कांग्रेस नेताहरुसँग छलफल गरेका छन् । लगत्तै प्रधानमन्त्रीले सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शार्म ओलीबीच संयुक्त छलफल गर्न लागेका छन् ।

शनिबार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयुक्त छलफल हुन लागेको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधिसभाको बैठक भोलि (आइतबार) बिहान ११ बजेका लागि बोलाइएको छ। सो बैठकअघि कांग्रेससँग सहमति जुटाएर अवरोध अन्त्य गने प्रधानमन्त्री प्रचण्डको तयारी देखिन्छ।

यसअघि आजै बिहान प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका थिए। सो छलफल सकारात्मक भएको र सत्तारुढ दलका नेताहरूसँग छलफल गरेर बाँकी निर्णय लिने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेपालखबरलाई जानकारी दिए।

कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकसहितका नेताले छलफलमा सहभागी थिए।

बिहीबार नै कांग्रेस र रास्वपाका नेताहरूसहितको छलफलमा एउटा सहमतिको ड्राफ्ट बनिसकेको थियो। यद्यपि, उक्त ड्राफ्टको टीओआर फाइनल गर्न बसेका रास्वपा उपसभापति स्वर्णिम वाग्ले र कांग्रेस सांसद जीवन परियारबीच कुरा नमिल्दा विषय थप पेचिलो बनेको थियो।

सो कुरा नमिलेपछि शुक्रबार पुनः नयाँ बुँदासहित केही विषय संशोधन गरिएको स्रोतले बतायो। प्रधानमन्त्री प्रचण्डले सहमतिका नयाँ बुँदाबारे शनिबार बिहान कांग्रेस नेताहरूलाई जानकारी गराएका छन्।

कांग्रेसले लगातार सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसदको दुवै सदन अवरोध गर्दै आएको छ।

अवरोधकैबीच गत बिहीबार प्रतिनिधिसभामा सत्तारुढ र प्रतिपक्षी दलका नेताहरूबीच भएका धकेलाधकेलका कारण सहमतिको बाटोमा पुग्न समस्या भएको थियो।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा जोडिएका तथ्य भएकाले उनीमाथि पनि छानबिन हुनपर्ने बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group