ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलाम– २ को उपनिर्वाचनमा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी, घण्टीको जमानत जफत (पूरा मत विवरण)


ABC News

 

काठमाडौं १८ बैशाख । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। शनिबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाममा सुहाङ २७ हजार ७ सय ७२ मत सहित विजयी भएका हुन्।
नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का दोस्रो भए। उनले २१ हजार ९ सय ४२ मत पाएका छन्। विजयी सुहाङभन्दा नेकाका डम्बर ५ हजार ८ सय ३० मतले पछि परे।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १४ हजार ४ सय ५७ सम्मानजनक मत प्राप्त गरेका छन्। उनी तेस्रोमा रहे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत भन्दा बढी ल्याउन सकेनन् । यही कारण उनको जमानत जफत भएको छ । लिम्वुले प्राप्त गरेको मत कुल सदर मतको १० प्रतिशत भन्दा कमी ७.३७ प्रतिशत मात्र हो ।

यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि शनिबार (१५ वैशाख) उपनिर्वाचन भएको हो।

एमालेले सुवासकै छोरा सुहाङलाई चुनावी मैदानमा उतारेको थियो । बुवाजस्तै स्वभाव मिल्ने सुहाङले बुवाले लगातार २५ वर्षसम्म जित्दै आएको क्षेत्रमा जित हासिल गर्दै संसद् भवनको ढोका खोलेका छन्।

सुहाङ पेसाले अधिवक्ता पनि हुन्। बुवाको निधनपछि उनलाई उमेद्वार बनाएको हो । उनी एमालेका कानुन विभाग सदस्य पनि हुन्।
उनले यसलाई आफ्नो र पार्टीको मात्रै नभई सिंगो इलामेलीको जितको रुपमा लिएको बताए।

May be an image of ‎text that says "‎क्र.सं. चिन्ह मत परिणाम 27772 21942 5050 404 118 408 33 सूर्ये २ रुख ३ घण्टी हलो लाउड स्पिकर & कलम وا मादल कृखूराको भाले तीर ၃၀ गोरुगाडाको चक्का पाइ्ग्रो १९ उडीरहेको माहरी १२ षटकोण १३ डोजर १४ मढा १५ महिला १६ सिरिन्ज १७ माछा १८ १८किची १९ जुगा सहितर्को अनूहार 816 43 206 36 43 55 11457 14 21 12 4 38 68472 902 69374 जम्मा बदर मत गणना भएको मत‎"‎

साथै, उनले यसलाई बुवा र आफ्नो मात्रै भन्दा पनि सबै इलामेली जनताको विरासतको रुपमा व्याख्या गरे। ‘यो बुवाको मात्रै विरासत होइन, एमालेको मात्रै पनि होइन, यो त सिंगो इलामेली जनताको विरासत हो,’ सुहाङले मतगणनास्थलमा पत्रकारहरुलाई बताए ।

सुहाङको पक्षमा माहोल बनाउन एमालेका स्थायी कमिटी सदस्यहरु शिवमाया तुम्बाहाङ्फे दुई महिनादेखि निर्वाचन क्षेत्रमै खटिएकी थिइन्।

मिहेनत गरे अनुसारको नतिजा आफ्नो पक्षमा पारेर एमालेले सुवास नेम्वाङको विरासत कायम राखेको छ।

एमालेले २०५६ देखि निरन्तर जितेको सो क्षेत्रको कमाण्ड अब ३५ वर्षे सुहाङको काँधमा आएको छ।

‘मैले जुन मत प्राप्त गरेका छौँ, इलामका जनताले हामीलाई माया गर्नुभयो। एमाले लगायतका पार्टीहरु जो–जोले हामीलाई सहयोग गर्नुभएको छ,’ सुहाङले थपे, ‘इलामको समृद्धिका लागि काम गर्न सक्छ भन्ने विश्वासकै कारण उहाँहरुले मत दिनुभएको हो।’

सुहाङलाई अघि सारेर एमालेले युवाहरूको पार्टी भन्ने बाटो खुला भएको छ।

एमालेबाट संसद पुग्ने सुहाङ सबैभन्दा कान्छा सांसद भएको प्रमुख सचेतक महेश बर्ताैलाले बताए।

‘हाम्रो पार्टीमा सुहाङभन्दा कान्छा कोही हुनुहुन्न,’ उनले  भने, ‘एमालेलाई पहिचानविरोधी पार्टी भनेर लगाइएका सबै आरोप सुहाङको विजयसँगै खण्डित भएको छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com