ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगारसम्बन्धी तालीम सेन्टर सञ्चालनमा


एबीसी न्यूज

 

सुनसरी, ७ फागुन।   वैदेशिक रोजगार तथा स्वरोजगार बजारलाई दक्ष जनशक्ति दिने उद्देश्यले सुनसरीको इटहरीमा अञ्जली ग्रुपद्वारा प्रवद्र्धित अञ्जली टेक्निकल इष्टिच्यूटको शाखा सञ्चालनमा ल्याइएको छ ।

झापाको बिर्तामोडमा मुख्य कार्यलय रहेको इष्टिच्यूटले यसअघि राजधानी काठमाडौँमा शाखा सञ्चालनमा ल्याइसकेको छ ।

अञ्जली अस्पताल, पास इन्टरनेसनल प्रालि, अञ्जली ओभरसिज, मेचीकाली टाभल्स एण्ड टुर्स, अञ्जली एड एजेन्सी तथा कञ्चनजंघा होटललगायत सञ्चालन गरेर सयौँलाई रोजगारी दिँदै आएको अञ्जली गु्रप अफ कम्पनीले इटहरीमा टेनिड इष्टिच्यूट सञ्चालनमा ल्याएको हो ।

सो इष्टिच्यूटको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले उद्घाटन गर्नुभयो ।

युवा जनशक्तिलाई सीपमूलक तालीम प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गर्न तालीम केन्द्र सञ्चालनमा ल्याएको इष्टिच्यूटका सञ्चालक पुष्प ओलीले बताउनुभयो ।

सो इष्टिच्यूटमा मेसन, सटरिड, कार्पेन्टर, स्टिल फिक्सर, स्काफोल्डर, इलेक्टिसियन, प्लम्बर, एसी टेक्निसियनलगायतका तालीम प्रदान गरिने इष्टिच्यूटका प्रबन्ध निर्देशक गणेश ओलीले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै महासचिव गेलालले यस्ता तालीम केन्द्रबाट सीप सिकेर सकेसम्म स्वदेशमै रोजगारी गर्नुपर्ने र विदेश जाने नै भए सीप सिकेर सूचना लिएर मात्र जाऔँ भन्ने उद्देश्यले पनि आफूहरुले यस प्रकारको तालीम केन्द्र सञ्चालनमा ल्याउन जरुरी रहेको बताउनुभयो ।

उहाँले मुलुक समृद्धिको दिशामा अघि बढ्न, समाज र समाजमा बस्नेहरु स्वाभिमानका साथ आत्मनिर्भर बन्नका लागि स्वरोजगारको सवाल प्रमुख भएको बताउनुभयो ।

स्वरोजगार बन्ने उद्देश्यले नै नेपालका लाखौँ युवा दैनिक खाडीमुलुकमा रगत पसिना बगाउन भौतारिरहेको बताउँदै गेलालले सीपको अभावमा उनीहरुमाथि श्रम शोषणसमेत भइरहेको अवस्थामा यस्ता प्रकारका तालीम सेन्टर खुल्नु सुखद् भएको बताउनुभयो ।

राजनीतिक अधिकारको आन्दोलन सकिएकाले आर्थिक समृद्धिका लागि सीपयुक्त प्राविधिक जनशक्तिको आवश्यकता रहेको महासचिव गेलालको भनाइ छ ।

अञ्जली गु्रपका अध्यक्ष भानु सिवाकोटीले वैदेशिक रोजगारमा दक्ष जनशक्तिको अत्यधिक माग रहेको बताउँदै तालीम सेन्टरलाई १ नम्बर प्रदेशको नमूना तालीम केन्द्र बनाउने बताउनुभयो ।

उहाँले तालीम केन्द्रहरुले असुरक्षित वैदेशिक रोजगारीमा जानेलाई सचेत गराउन सक्ने लक्ष्यका साथ अगाडि बढ्ने जानकारी दिनुभयो । वैदेशिक रोजगार व्यवसायी संघ सुनसरीका वरिष्ठ उपाध्यक्ष दुर्गा थापाले सीपमूलक व्यावसायिक तालीमले व्यक्तिलाई समृद्ध बन्न सहयोग पु¥याउनेमा जोड दिनुभयो ।

यस्तै प्रबन्धक गणेशप्रसाद ओलीले तालीम केन्द्रले तालीम लिने युवालाई विशेष अवसर दिने बताउँदै तालीम लिइसकेपछि आफ्ना लागि र परिवारका लागि आवश्यक खर्च सजिलै जुटाउन सक्ने दाबी गरे । इटहरी–९ मा सञ्चालनमा ल्याइएको तालीम सेन्टरमा रु २० लाख लागानी रहेको ओलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com