ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व कमलरि बनिन् उपसभामुख


sharan sharan

बुटवल, ६ फागुन ।
प्रदेशसभा ५ को उपसभामुखमा बाम गठबन्धनकी कृष्णी थारु निर्र्वािचत भएकी छिन् । उपसभामुख पदका लागि एमालेबाट थारु र कांग्रेसबाट रिना नेपाल बिकको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउंदै निर्वाचित भएकी हुन् ।
संसदको आजको बैठकम उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ । संसमा प्रतिनिधित्व गर्ने संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले पनि वाम गठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरेका थिए । प्रदेश नम्बर ५ को प्रदेशसभामा फोरमबाट ५ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद् छन् । राष्ट्रिय जनता पार्टीका १ जना सांसद्ले भने सपथ ग्रहण नगर्दै राजिनामा बुझाएको बताईएको छ ।
निर्वाचित भए लगत्तै संचारकर्मीहरुसंग कुरा गदै उपसभामुख कृष्णी थारुले प्रदेशको निति निर्माणमा तथा दलहरुबिच समन्य गर्नेमा आफ्नो सक्रिय भूमिका रहने बताउनुभयो ।
नवनिर्वाचित उपसभामुख थारु आफैमा पुर्व कमलरि हुन् । कमलरि मुक्त भएपछि पनि उनले लामो समय देखि कमलरिको अधिकारका लागि काम गर्दै आएकी थिईन् ।
यस अघिनै प्रदेश ५ को प्रदेशसभा सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।
१ बजे सुरु भएको बैठकको प्रारम्भमै सभामुख घर्तीले एमाले माओवादी गठबन्धनका उमेदवार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले मुख्यमन्त्रीमा नियुक्त गरेको भनी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । निर्वाचन लगत्तै उपसभामुख थारुले आफ्नो कार्यभार समेत सम्भालेकी छिन् । कार्यभार सम्हाल्नु अघि प्रदेश नम्बर ५ का प्रदेशसभाका सभामुख पुर्णबहादुर घर्तीले थारुलाई उपसभामुख पदको सपथ ग्रहण गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

तुलसीपुर उपमहानगरपालिकाले नक्सापास नगर्नेको सेवा कटौती गर्ने

दुई सय २२ किलो नक्कली मह नष्ट

दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

भैरहवा : बन्ला त फूलै फूलको सहर ?

चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com