ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुस्साहसको परिणाम व्यहोरेका प्रिगोजिन


सर्ज स्मेमेन

रूसीहरू प्रायः अफवाह र षड्यन्त्रबारे कुरा गर्न मन पराउँछन्, विशेषतः जब उनीहरू सरकारले केही लुकाइरहेको छ भन्ने ठान्छन् । यही कारण जब येभगेनी प्रिगोजिनजस्ता यात्रुसहितको विमान दुर्घटनाग्रस्त भयो, तब विभिन्न अनुमान र अड्कलबाजी हुन थाले । केहीले प्रिगोजिन विमानमै थिएनन् र उनको हत्या रचिएको हो भन्ने अनुमान लगाएका छन् भने केहीले उनलाई पुटिनको गुप्त जेलमा राखिएकोसमेत अनुमान गरेका छन् । कतिले चाहिँ भाडाका सेना प्रयोग गरेर युक्रेनमा अतिक्रमण गरेका कारण युक्रेनीले प्रिगोजिन सवार जहाजलाई खसाएका हुन् भन्ने अनुमान पनि गरेका छन् ।

प्रिगोजिनले नगरेको काम केही थिएन । ठगी गर्दै हिँड्ने प्रिगोजिन पछि कुक र अन्ततः पुटिनको विश्वासिला पात्र बने । उनले वागनर नामक निजी सैन्य संगठन बनाएका थिए । यिनै प्रिगोजिनले रुसी सेनाका उच्चपदस्थ अधिकारीलाई ठेगान लगाउँछु भनेर मस्कोतर्फ दुस्साहसी सैन्य मार्च गर्ने धृष्टता गरेका थिए । वास्तवमा उनको मृत्यु चिताउनेको कमी थिएन । प्रिगोजिनको मृत्यु चिताउनेमा रुसी सेनादेखि उनको वागनर समूहको भाडाका सिपाहीबाट आक्रान्त भएका युक्रेनी जनता र विभिन्न अफ्रिकी एवं सिरियाली विद्रोहीसमेत पर्छन् ।
पुटिनको सत्तामा दुर्घटना भइरहन्छन् र यो विमान दुर्घटना पनि सम्भवतः तिनैमध्ये एक हो । सम्भवतः एक नृशंस शासकको टाउको दुखाइ बनेपछि प्रिगोजिनको हत्या रचिएको हुन सक्छ । तर, हामीसँग यसको ठोस प्रमाण नहुन सक्छ । किनभने, पुटिन प्रिगोजिनलाई मृत्युपर्यन्त देशभक्त संज्ञा दिँदै सम्मान अर्पण गर्न सक्छन् वा प्रिगोजिनको मृत्युका लागि ‘फासीवादी’ युक्रेन वा कपटी पश्चिमलाई दोष दिन सक्छन् । तर, अहिले भने अवस्थालाई नजिकबाट नियालिरहेका मानिस प्रमाण, कारण र घटनाक्रमलाई आधारमा मानेर पुटिनलाई नै जिम्मेवार ठहर्‍याउन सक्छन् ।

पुटिनसंगको फाइल फोटो

तानाशाही सत्ताको सन्दर्भमा पुटिनसँग अरू के नै विकल्प थियो र ? स्पष्ट बफादारीका बाबजुद प्रिगोजिनले पुटिनविरुद्ध विद्रोह गरे । र, राष्ट्रपति पुटिनले प्रिगोजिनको नाम नलिई विद्रोहका लागि परिणाम व्यहोर्नुपर्ने सार्वजनिक चेतावनी दिए । आफूलाई रुस नै मान्ने पुटिनका लागि देशद्रोहको उपयुक्त सजाय भनेकै मृत्युदण्ड थियो ।
पुटिनले प्रिगोजिनलाई विद्रोहपछि बेलारुस जान अनुमति दिए । त्यसैगरी प्रिगोजिनमाथिको आधिकारिक आरोप फिर्ता लिए, क्रेमलिनमा लामो कुराकानीका लागि निम्तोसमेत दिए र रुसमा खुला रूपमा विचरण गर्ने सुविधा पनि उपलब्ध गराए । पुटिनको यो विशिष्ट धूर्तताले उनलाई कुशलतापूर्वक दुई दशकदेखि आजपर्यन्त सत्तामा टिकाएको छ । र, प्रिगोजिनले आफूलाई माफी दिइएको विश्वास गरे । माफी पाएको प्रमाणित गर्न उनले आफूले सेन्ट पिटर्सबर्गमा भएको रुसी–अफ्रिकी सम्मेलनमा समेत भाग लिएको दाबी गरे (उसो त यस दाबीको कुनै प्रमाण मौजुद छैन) । जहाज दुर्घटना हुनुअघि आफूलाई साहसी देखाउने गरी उनले अफ्रिकाका वागनर समूहमा सेना भर्तीको भिडियो पनि जारी गरेका थिए । भिडियोमा प्रिगोजिनले हतियारबन्द कमान्डो पोसाक लगाएका थिए । भिडियोमा ‘हामी काम गर्दै छौँ’ भन्दै फुर्तीसाथ बोल्दै तथा रबाफ कायम राख्दै ‘तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी छ र पनि यो हाम्रा लागि कुनै समस्या होइन । रुसलाई महाद्वीपमा महान् बनाउन र अफ्रिकालाई स्वतन्त्रतातर्फ थप अग्रसर बनाउन वागनर निरीक्षण र खोज अप्रेसन चलाइरहेको छ’ भन्दै डिङ हाँकिरहेका थिए ।
प्रिगोजिनले आफ्नो रबाफिलो भिडियो जारी गरेपछि पुटिनले आफ्नो प्रतिक्रिया दिएको देखिन्छ । तत्पश्चात् वागनर विद्रोहको करिब दुई महिनापछि युक्रेनी अप्रेसनका पूर्वकमान्डर जनरल सर्गेई सुरोभिकिन जब सार्वजनिक वृत्तमा हराए, तब उनको पद घटुवा गरिएको जानकारी आयो । र, त्यही दिन साँझ बेलारुसका लागि उडेको प्रिगोजिन सवार जहाज दुर्घटना भयो ।
विमान दुर्घटना भएको देखाउने एक अनौपचारिक भिडियोमा जहाज भुइँमा बजारिँदा जहाजमा एउटा मात्रै पखेटा थियो । एन्टी–एयरक्राफ्ट आक्रमणको झल्को दिने गरी प्रत्यक्षदर्शीले दुइटा विस्फोट सुनेको जनाएका छन् । दुर्घटनापछि आधिकारिक स्रोतले सात यात्रु र तीन चालक दलका सदस्यमा प्रिगोजिनको उपस्थिति रहेको पुष्टि गरेको थियो । रिपोर्टअनुसार नाजी जर्मनीको प्रशंसक भनेर चिनिएका वागनर समूहका सैन्य कमान्डर दिमित्री उत्किन पनि सो जहाजमा सवार रहेको जनाइएको छ ।
प्रिगोजिनको नियति दुई महिनापहिल्यै तय भएको प्रस्ट देखिन्छ । विमान दुर्घटनापछि पक्कै पनि पुटिनका चाकर र आसेपासेले पुटिनको जतिसुकै चाकडी बजाए पनि अर्थात् प्रिगोजिनले झैँ क्रेमलिनका लागि खाद्य व्यवस्था गरे पनि वा भाडाको सेना तयार पारे पनि ज्यान जोखिममुक्त हुँदैन भन्ने बुझेका होलान् ।
पुटिनको रुसमा गद्दारीका लागि कुनै माफी हुँदैन भन्ने तथ्य उहिल्यै पुष्टि भइसकेको छ । तत्कालीन सोभियत संघको गुप्तचर निकाय केजिबीका विद्रोही अलेक्ज्यान्डर लितभिनेन्कोको हत्या गर्न रेडियोएक्टिभ पोलोनियमको प्रयोग र सर्गेई स्क्रिपलविरुद्धको हत्या प्रयासमा नोभिचोक स्नायु विषको प्रयोगलाई हेर्दा अपराधी र तिनका मनसाय प्रस्टै हुन्छ । र, पुटिनका सबैभन्दा ठूला प्रतिद्वन्द्वी एलेक्सी नाभाल्नीको मुख थुन्न प्रयोग गरिएको विषाक्त प्रयास र कठोर जेल सजायले रुसमा कुनै पनि असहमतिलाई सहन गरिनेछैन भन्ने देखाउँछ । तर, युक्रेन युद्धसँग जोडिएका पुटिन, जो अहिले जनधन र अन्तर्राष्ट्रिय जगत्मा चर्को क्षति व्यहोरिरहेका छन्, तिनलाई अहिले थप बफादारी आवश्यक देखिन्छ ।
प्रिगोजिनको कुख्यात अतीतका कारण दुर्घटनाबारे थप अप्रत्याशित जानकारी आउन सक्छन् । र, यदि जहाज दुर्घटनामा पुटिनको हात छैन भने अरू कसैको हात पक्कै हुनेछ ।
(स्मेमेन न्युयोर्क टाइम्सका सम्पादकीय बोर्डका सदस्य हुन्)
न्युयोर्क टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com