ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोषीलाई कारवाहीको माग गर्दै भक्तपुर सडकखण्ड बन्द


admin
माघ २४, २०७४ बुधबार  ७ : २५ बजे

भक्तपुर, २४ माघ । मिनिट्रकको ठक्करबाट आज बिहान मृत्यु भएका पीडितका परिवार र आफन्तले दोषीलाई कारबाहीको माग गर्दै भक्तपुरका मुख्य दुई सडक बन्द गराएका छन् ।

दिउँसो दुई बजेदेखि पेप्सीकोला सानोठिमी हुँदै भक्तपुर जाने सडक बन्द गराएर महानगरीय प्रहरी वृत्त थिमि घेराउ गरेको पीडितपक्षले साँझ ५ बजेदेखि अरनिको राजमार्ग खण्डअन्तर्गत थिमि चारदोबाटो पनि बन्द गराएका छन् । काठमाडौँबाट भक्तपुर र पूर्वतर्फ जाने सडक बन्द भएपछि सवारी आवागमन अस्तव्यव्स्त बनेको छ । साँझपख सयौँ यात्रुहरु अलपत्र परेका छन् ।

बिहान ५ बजे मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा मर्निङ वाक गइरहेका मध्यपुरथिमि नगरपालिका–५ दुईपोखरी बस्ने वर्ष ६६ को जगतकुमार श्रेष्ठलाई जेब्रा क्रसिङमा काठमाडौँबाट भक्तपुर आउँदै गरेको बा २ ख ८००६ नं को मिनीट्रकले ठक्कर दिँदा मृत्यु भएको थियो ।

तीव्रगतिमा आएको मिनिट्रकले ठक्कर दिँदा शव क्षतविक्षप्त अवस्थामा रहेको मृतकका माइला छोरा श्यामले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ठक्कर दिने मिनी ट्रकका चालकलाई कडा कारबाही गर्नुपर्छ, घट्नाको निष्पक्ष छानबिन हुनुपर्छ, यसबारेमा सवारी धनीसँग हाम्रो छलफल र वार्ता हुनुपर्छ भन्ने माग हो, दिनभरी प्रहरीलाई सवारी धनीलाई बोलाइदिन आग्रह गर्दा प्रहरीले अटेर गरेपछि बाध्य भएर प्रहरी वृत्त घेराउ गरी दुवै सडक बन्द गराएका हौँ ।”

प्रहरीले मिनीट्रक र चालक जिल्ला काभ्रे सिसाखानी घर भई हाल सूर्यविनायक नगरपालिका–८ जगाती बस्ने वर्ष २९ को प्रेमबहादुुर मोक्तानलाई नियन्त्रणमा लिई प्रहरी वृत ठिमीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धान भइरहेको र चालकलाई पक्राउ गरिसकेको अवस्थामा सडक बन्द गरिएको बताउँदै सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

निर्वाचन १३ दिन बाँकी : आयोगले दियो टिकटक बनाएर ५० हजार जित्ने अवसर

माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ

सन् २०२८ मा हुने टी–२० विश्वकप खेल्ने १२ टोलीको टुंगो लाग्यो

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com