ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवा लामिछानेको रोचक संस्मरण : ‘राज्य व्यवस्था बदलिए सगैं प्राचीन स्मारकहरुको महत्व र परिभाषा पनि बदलिदै जाने रहेछ’


ABC NEWS

दोश्रो विश्वयुद्ध पछि स्टालिनको आदेशमा सन ५० को दशकमा निर्माण गरिएका मस्कोका सात गगनचुम्बी भवनहरूको समूह हो- द सेभेन सिस्टर्स अफ मस्को । निर्माणकालमा ती भवनहरु युरोपका सबैभन्दा अग्ला भवन थिए । द सेभेन सिस्टर्स मध्येको एक मस्को राजकिय विश्वविद्यालयको मुख्य भवन सन १९९० सम्म युरोपको सबैभन्दा अग्लो भवन थियो ।
यी भवनहरु युरोपमा उतीबेला निक्कै मन पराउन थालिएपछि स्टालिनले भ्रातृ राष्ट्रहरूहरुमा पनि सोभियत उपहारस्वरूप भवन निर्माण गर्ने आदेश दिए । जस बमोजिम पोल्यान्डको राजधानी वार्शा, रुमानीयाको बुखारेस्ट, चेक रिपब्लिकको प्राग, किएभ (यूक्रेन) र शांघाई (चिन) मा समेत यस्तै शैलीका भवन निर्माण भए ।
पृष्ठभूमिमा रहेको यो भवन पोल्यान्डको राजधानी वार्साको ‘दि प्यालेस अफ कल्चर एन्ड साइन्स’ हो । यो ठॉऊमा म सन १९८७ को नोभेम्बर महिनामा पहिलो पटक पुगेको थिएं । मेरा सहपाठी शितल गुप्ता यात्रामा सगैं थिए । त्यतिबेला हामीलाई यो भवनका बारेमा सगर्व भनिएको थियो- ‘भातृ राष्ट्र सोभियत संघबाट पोलिस जनताले पाएको अमूल्य उपहार (Подарок Братского Советского Народа) ।’
आज साथीहरुसंग वार्सा घुम्दैगर्दा ‘होप अन होप अफ’ बसको अटो अडियो टुरमा यो भवनका बारेमा एक महिलाको सुमधुर स्वरमा यसो भनेको सुनें- ‘यो भवन सोभियत दासताको प्रतिकका रुपमा राजधानी वार्सामा विराजमान छ ।’
कहिलेकॉही म सोच्छु, ‘राज्य व्यवस्था बदलिए सगैं प्राचीन स्मारकहरुको महत्व र परिभाषा पनि बदलिदै जाने रहेछ । ‘

DCIM100MEDIA

: जीवा लामिछानेको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

साहित्यकार योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

आज ‘गाईजात्रा’ पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु

प्रवासीलाई अपतटीय बनाउने घिनलाग्दो इतिहास

घिस्लेन म्याक्सवेल जेफ्री एप्स्टाइनको एकमात्र सहयोगी नभएपनि उनलाई मात्र किन जेल ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com