ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सी जिनपिङले पुटिनलाई दिएको साथ कति उपयोगी ?


र्‍यान हास

एक दशकअगाडि जब सी जिनपिङ चिनियाँ सत्ताको उत्कर्षमा थिए, तब उनले भ्लादिमिर पुटिनलाई आफूजस्तै पश्चिमा वर्चस्वशाली अन्तर्राष्ट्रिय व्यवस्थाविरुद्ध लड्ने व्यक्तिका रूपमा पाएका थिए । आफ्नो सत्तामाथिको सम्भावित खतराले दुवै जोडिएका थिए । त्यसैगरी यी दुवैले आ–आफ्ना मुलुकमा तानाशाही सत्ता चलाइरहेका थिए भने सारा विश्वलाई आफ्नो अधिनायकवादी व्यवस्थामा अनुकूलन गराउन सफल भइरहेका थिए । सीले पुटिनलाई ‘सबैभन्दा असल र घनिष्ट मित्र’ बताएका थिए । तर, वाग्नर समूहको असफल कु प्रयासयता सी रुसी नेतासँग झस्केका छन् ।

रुसी विनाशकारी युद्ध गत महिना वाग्नर मर्सनरीका नाइके येभगिनी प्रिगोजिनको असफल कु प्रयासमा गएर टुंगिएको छ । यसले पुटिनको रुसको असली चेहरा देखाएको छ, अर्थात् रुस कमजोर एवं चिनियाँ सीमामा रहेको अप्रत्यासित आणविक हतियारयुक्त मुलुकका रूपमा सतहमा आएको छ, जहाँ सत्तामा टिक्ने–नटिक्ने टुंगो नभएको एक आहत नेताले शासन गरिरहेका छन् । सी पुटिनलाई चटक्कै छोड्न पनि सक्दैनन्, किनभने उनले रुससँगको सम्बन्धमा धेरै लगानी गरेका छन् र रुस चीनका लागि उपयोगी पनि छ । तर, पश्चिमा राष्ट्रलाई तर्साइरहेको यो मित्रता भने फिक्का भएको छ ।

 

यदि सीलाई सामथ्र्यमा अमेरिकालाई उछिन्नु छ भने पुटिनको अहिलेको कमजोर अवस्थालाई मध्यनजर गर्दै आफ्नो विदेश नीतिलाई पुनः सन्तुलित गर्न आवश्यक छ । त्यसको अर्थ चीन रुसी नेता पुटिनका लागि एक झट्का बन्न पुगेको युद्धलाई समाप्त गर्न र ताइवान मामिलामा अमेरिकासँग टकरावको रबैयालाई मत्थर पार्नतर्फ लाग्नेछन् । सी–पुटिन मित्रता कमजोर भइरहेको संकेत देख्न सकिन्छ । चीन सरकारले वाग्नर प्रकरणमा ‘आन्तरिक मामिला’ भन्ने सामान्य प्रतिक्रिया जनाएको थियो, तर त्यहीँ चिनियाँ राज्य सञ्चालित मिडियामा असफल विद्रोहबाट सचेत हुनुपर्ने टिप्पणी छापिएको छ । पुटिनलाई निःसर्त समर्थन गरेर सीलाई कुनै फाइदा हुने देखिँदैन । यदि निःसर्त समर्थन हुन्छ भने सीको विदेश नीति चीनभित्रै प्रश्नको घेरामा पर्नेछ ।

. वाग्नर समूहको असफल कु प्रयासयता चिनियाँ राष्ट्रपति सी ‘सबैभन्दा असल र घनिष्ट मित्र’ पुटिनसँग झस्केका छन्

चीन युक्रेन युद्धमा आफ्नो अडानमा परिवर्तन ल्याउन बाध्य हुन सक्छ । हालसम्म युक्रेन युद्धमा शान्तिको औपचारिक आह्वान गरेको बेइजिङले नेटो विस्तार वा पश्चिमा मुलुकको उत्तेजनाको प्रतिक्रिया भन्दै मस्कोलाई कूटनीतिक कवच प्रदान गर्दै आएको थियो । चीन–रुस व्यापारमा उल्लेख्य विस्तार गरेर बेइजिङले मस्कोको अर्थतन्त्रलाई सुचारु बनाएको थियो । पुटिनको युद्धलाई धेरै चिनियाँ नेताले नरुचाएको संकेत देखिए पनि युक्रेन युद्धले अमेरिकाको ध्यान एसियाबाट हट्नेछ र चीनले आफूलाई विस्तार गर्ने मौका पाउनेछ भन्ने ठानेका थिए । तर यसो भएन, बरु युद्ध भएयता वासिंटन र यसका साझेदारले चीनवरपर बलियो सैन्य उपस्थिति स्थापित गरेका छन् र यी साझेदार अहिले चीनलाई महŒवपूर्ण प्रविधिमा पहुँच पाउनबाट रोक्न थप एकताबद्ध भएका छन् ।

पुटिन आफूलाई जे मन लाग्यो, त्यो गर्न जारी राख्छन् । तर, युद्ध लम्बिँदा रुसी साझेदार खतरामा पर्ने र आफ्नै विदेश नीतिको एजेन्डामा सम्झौता गर्नुपर्ने हुन सक्छ भनेर चीन सचेत छ । चीनलाई अब ओठे शान्तिको पैरवीभन्दा पनि वास्तविक रूपमै मस्कोलाई युद्ध रोक्न आग्रह गर्नुपर्ने अवस्था आइलागेको छ । यसको मुख्य कारण भनेको रुसलाई समर्थन गर्दा चीनको युरोपेलीमाझ छवि बिग्रेको छ । युरोपेली व्यापारको चीनप्रतिको भावना कमजोर बनेको छ, प्रत्यक्ष वैदेशिक लगानी घटेको छ र चीनका मामिलामा युरोप एवं एट्लान्टिक महासागरपारका मुलुकको साझेदारी थप सख्त बनेको छ ।

रुसमा विद्यमान समस्याले ताइवान मामिलामा सीमाथि जटिलता थपेको छ । युक्रेन युद्धले दुई प्रस्ट सन्देश दिएको छ । पहिलो, शुद्ध सैन्य सामथ्र्यले मात्रै युद्धमैदानमा सफलाताको प्रत्याभूति गर्दैन । दोस्रो, नेतृत्व बलियो भएन भने युद्ध जित्न सकिँदैन । यस अवस्थामा ताइवानमाथि धाबा बोल्नु चिनियाँ नेताका लागि अत्यधिक विनाशकारी सावित हुनेछ ।

ताइवानमा आउने महिनामा अमेरिकासँग निकट सम्बन्ध बनाएर चीनलाई क्रुद्ध बनाएका राष्ट्रपति साई इङ–वेनका उत्तराधिकारीको निर्वाचन हुन गइरहेको छ । यस अवस्थामा ताइवानवरपर चीनको आक्रामक सैन्य अभ्यासले चीनविरोधी र अमेरिका एवं अन्य अन्तर्राष्ट्रिय मुलुकको समर्थन खोज्ने नेतृत्व चुनिन सक्छ । सीका लागि अहिले बलियो हुने तर चिढ्याउने गरी आक्रामक नहुनु नै बुद्धिमत्तापूर्ण रणनीति ठहरिन्छ ।

यसबाहेक यो परिस्थितिमा चीनका नेताले अमेरिकासँगको सरगर्मी कम गर्नुपर्छ भन्ने महसुस गरेका हुन सक्छन् । फेब्रुअरीमा जासुसी बेलुनले चिस्याएको अमेरिका–चीन सम्बन्धलाई गत महिना बेइजिङमा भएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको भ्रमण र यो साता अमेरिकी अर्थमन्त्री जेनेट एलेनको भ्रमणका सन्दर्भमा सम्बन्ध बिगार्नु चीनका लागि लाभदायक नहुन सक्छ ।

अन्तर्राष्ट्रियस्तरमा मानव अधिकार र लोकतान्त्रिक सरकारलाई कमजोर पार्ने मामिलामा चीनका लागि अझै पनि रुसले मात्रै ‘घनिष्ट मित्र’को योग्यता राख्छ । रुससँगको सम्बन्धमा स्थिरता रहने हो भने चीन–रुसको सीमामा पनि स्थिरता रहने र चीनलाई रुसको सस्तो तेल पनि उपलब्ध भइरहन्छ । यसबाहेक चीनलाई खाद्य पदार्थ र हतियार निर्यातमा पनि सुविधा रहन्छ । दुवै पक्षले सम्बन्ध सामान्य छ भनेर देखाउने प्रयास गर्नेछन् । तर, यति भन्दै गर्दा सीले पुटिनमाथि लगानी गर्दा चीनको ठूला उद्देश्य पूरा नहुने भनेर राम्रोसँग बुझेका छन् । पुटिन कमजोर हुँदा उब्जिने प्रश्नका उत्तर आइसकेका छैनन् । तर, ‘घनिष्ट’ मित्रको अधोगतिबाट हुने सम्भावित क्षतिलाई सीले कसरी सम्हाल्लान्, खै ?
(हास राष्ट्रपति ओबामाका पालामा राष्ट्रिय सुरक्षा परिषद्का चीन निर्देशक एवं बु्रकिङ्स इन्स्टिच्युसनका वरिष्ठ शोधकर्ता हुन्)  द न्युयोर्क टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com