ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध प्रदेश बन्न सक्ने सम्भावना कति ?


admin

बुटवल, १९ माघ । प्रदेशसभाको बैठक आउन २ दिन मात्र बांकी रहंदा पनि सरकारले खटाएका कर्मचारीहरु कार्यस्थल नपुगेपछि सहजिकरणका लागि बुटवल पुगेका संसद सचिवालयका अधिकारीहरु आफै बैठक संचालनका लागि जुटेकाछन् । प्रदेश संसद सचिवालय संचालनका लागि एक जना प्रथम श्रेणीका अधिकृत सहित २७ जना कर्मचारीको बिन्यास गरिएको छ तर, सबै कर्मचारीहरु कार्यस्थलमा पुगेका छैनन ।

तैपनि माघ २१ गते प्रदेश अधिवेशनको बैठक त बस्ने नै छ । यो बैठकबाट जनताले धेरै अपेक्षा गरेका छन् । २० औ वर्षसम्म जनप्रतिनिधि सहितको ब्यवस्थापिका नभएको र प्रदेश स्तरमै पहिलो पटक प्रदेश ब्यवस्थापिका पाएका जनताले धरै अपेक्षा गर्नुलाई अस्वभाविक मान्न सकिंदैन ।

५ नम्बर प्रदेश आफैमा बिबिधता भएको प्रदेश हो । गौतमबुद्धको जन्मस्थलदेखि जनयुद्धको उदगम स्थल रोल्पासम्म । देश पाल्ने खुबिराख्ने अन्नको भण्डार बर्दियादेखि महाभारत कथाको त्रिबेणी गजेन्द्र मोक्षधाम जस्ता तिर्थस्थलले ओतप्रोत प्रदेश नम्बर ५ को बिकासको खाका योजनाबद्ध ढंगले कोर्न सके यो प्रदेश सबै क्षेत्रमा समृद्ध बन्न सक्ने खुबि राख्छ ।

सिमा भन्सार नाकाका हिसावले पनि नेपालकै नम्बर १ बन्ने क्रममा रहेको बेलहिया नाका होस् वा चुनढुंगाको खानीका हिसावले प्रदेश नम्बर ५ यसैपनि समृद्ध रहेको छ । संघीय संरचना निर्माण भएसंगै प्रदेश नम्बर ५का जनताले पनि समृद्ध प्रदेशको अपेक्षा राख्नुलाई स्वाभाबिक मान्नु पर्दछ । दरिलो नीति बनाएर अगाडि बढ्न सके ५ नम्बर प्रदेशको दु्रत बिकास सम्भव भएको बिश्वास छ बाम बुद्धिजिवी झपेन्द्र जीसीको ।

त्यसो त अहिले पनि बुटवलबाट दाङ प्रदेश केन्द्र लैजानु पर्छ भन्ने बहसको अन्त्य भै सकेको छैन । प्रदेशसभाको बैठक केहिसमय यसै बिषयले अल्झने संभावनालाई पनि नकार्न सकिंदैन । वेटिङ मुख्यमन्त्री शंकर पोखरेलदेखि माओबादी केन्द्रका प्रभावशाली नेता कृष्ण बहादुर महरा र वर्षमान पुनले दाङको पक्षमा लबिङ गरि नै रहेका कारण पनि प्रदेशसभा प्रदेश केन्द्रका बिषयमा अल्झने सम्भावना रहेको हो । जनताको धरै अपेक्षा भएका कारण प्रदेशसभा झिनामसिना कुरामा अल्झन नहुने तर्क छ प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष बुद्धिजिवी मदनप्रसाद कट्टेलको ।

जनताको बलिदान र लामो संघर्षबाट प्राप्त संघिय संरचनाको संसदलाई पुरानै ढांचामा गफ गर्ने अंखडा बनाईए जनताले नेताहरुलाई माफी दिने छैनन् । जसरी बाम एकताको पक्ष र समृद्धिको समर्थन सहितको अपेक्षाबाट प्रदेशसभा र प्रतिनिधि सभाको नतिजा आएको छ, त्यसमा कुठाराघात गर्ने अधिकार कसैलाई छैन भन्ने कुरा प्रदेशका सांसदहरुले पनि बुझनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

तुलसीपुर उपमहानगरपालिकाले नक्सापास नगर्नेको सेवा कटौती गर्ने

दुई सय २२ किलो नक्कली मह नष्ट

दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

भैरहवा : बन्ला त फूलै फूलको सहर ?

चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com