ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो छ प्रचण्डको उपस्थितिमा प्रधानमन्त्रत्री मोदीले गरेको सम्बोधन (पूर्णपाठ)


ABC NEWS

महामहिम प्रधानमन्त्री प्रचण्ड जी,
दुवै डेलिगेसनका सदस्यहरू,
सञ्चारमाध्यमका साथीहरू
सबैलाई नमस्कार ।

सबैभन्दा पहिले म नेपालका प्रधानमन्त्री प्रचण्ड ज्यू र उहाँको प्रतिनिधिमण्डलका सदस्यहरूलाई भारतमा हार्दिक स्वागत गर्दछु । मलाई अहिले पनि राम्ररी याद छ, नौ वर्षअघि सन् २०१४ मा आफ्नो कार्यभार समालेको तीन महिनाभित्रै मैले पहिलो पटक नेपालको यात्रा गरेको थिएँ ।

त्यति बेला मैले भारत र नेपालबीचको सम्बन्धको बारेमा एउटा ‘हिट (एचआईटी) फर्मुला’ दिएको थिएँ, हाइवेस, आईवेस र ट्रान्सवेस । त्यति बेला मैले भनेको थिएँ, भारत र नेपालबीच यस्तो सम्पर्क स्थापित गर्नेछौँ जसले हाम्रा सीमाहरू कुनै पनि हालतमा हाम्रो बाधक नबनुन् ।

त्यति बेला मेरो चाहना थियो, ट्याङ्करहरूको सट्टा पाइप लाइनबाट पेट्रोलियम पदार्थको निर्यात गर्नुपर्छ, साझा नदीहरूमाथि पुल बनाउनुपर्छ र नेपालबाट भारतमा बिजुली निर्यात गर्न सुविधा विस्तार गर्नुपर्छ । साथीहरू, आज नौ वर्षपछि मलाई भन्दा खुसी लागिरहेको छ कि वास्तवमै हाम्रो मित्रता निकै ‘हिट’ छ ।

पछिल्लो नौ वर्षको अवधिमा हामीले अनेकौँ क्षेत्रमा थुप्रै उपलब्धि हासिल गरिसकेका छौँ । वीरगञ्जमा नेपालकै पहिलो आईपीसी बनाइएको छ । भारत र नेपालबीच पहिलो पटक क्रस बोर्डर पेट्रोलियम पाइप लाइन बनाइएको छ । हामीबीच पहिलो पटक ब्रोडगेज रेल लाइन स्थापित गरिएको छ । सीमामा नयाँ ट्रान्समिसन लाइनको निर्माण गरिएको छ ।

यसैगरी हामी ९भारत० ले नेपालबाट चार सय ५० मेगावाट बिजुली आयात गरिरहेका छौँ । अहिले हामीले पछिल्लो नौ वर्षमा हासिल गरेका उपलब्धिहरूलाई गन्न थाल्यौँ भने पूरा दिन नै लाग्न सक्छ । साथीहरू, आज पनि मैले र प्रधानमन्त्री प्रचण्डज्यूले भविष्यमा आफ्नो मित्रतापूर्ण सम्बन्धलाई ‘सुपर हिट’ बनाउनका लागि थुप्रै महत्त्वपूर्ण निर्णयहरू गरेका छौँ ।

आज ‘ट्रान्जिट एग्रिमेन्ट’ सम्पन्न भएको छ । यसमा नेपाली जनताका लागि नयाँ रेल्वे रुटसँगै भारतको इनल्यान्ड वाटरवेजको सुविधा पनि प्रदान गरिएको छ । हामीले नयाँ रेल लिंक्स स्थापना गरेर फिजिकल कनेक्टिभिटिलाई बढाउने निर्णय लिएका छौँ । यसका साथै हामीले भारतीय रेल संस्थानमा नेपालका रेलकर्मीहरूलाई प्रशिक्षण प्रदान गर्ने निर्णय पनि लिएका छौँ ।

नेपालको सुदूरपश्चिम क्षेत्रबाट केनेक्टिभिटिलाई बढावा दिनका लागि शिर्षा र झुलाघाटमा दुईवटा थप पुल बनाइने छ । क्रस बोर्डर डिजिटल पेमेन्टको माध्यमबाट आर्थिक सम्बन्धमा व्यवस्था गरिएका प्रावधानहरूको पनि हामी स्वागत गर्दछौँ । यसको प्रत्यक्ष लाभ हजारौँ विद्यार्थी, लाखौँ पर्यटक र तीर्थ यात्रीसँगै स्वास्थ्य उपचारका लागि भारत आउने बिरामीहरूलाई पनि पुग्नेछ ।

तीनवटा आईपीसीको निर्माणबाट आर्थिक कनेक्टिभिटी सुदृढ हुनेछ । अघिल्लो वर्षमा हामीले ऊर्जाको क्षेत्रमा सहयोगका लागि एउटा बलियो जग तयार पारेका थियौँ । त्यसैलाई अगाडि बढाउँदै आज हामीले भारत र नेपालका बीच ‘लङ टर्म पावर ट्रेड एग्रिमेन्ट’ सम्पन्न गरेका छौँ । यसअन्तर्गत हामीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेका छौँ । फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत आयोजनाको विषयमा भएको सम्झौताले विद्युत क्षेत्रको सहयोगमा थप बल पुगेको छ । मोतिहारी—अमलेखगंज पेट्रोलियम पाइपलाइनको सकारात्मक प्रभावलाई ध्यानमा राख्दै यो पाइप लाइनलाई चितवनसम्म विस्तार गर्ने निर्णय पनि लिएका छौँ ।

यसका अतिरिक्त सिलिगुडीबाट पूर्वी नेपालको झापासम्म एउटा अर्को नयाँ पाइपलाइन बनाउने निर्णय पनि गरेका छौँ । यसका साथै चितवन र झापामा नयाँ स्टोरेज टर्मिनल पनि लगाइने छ । नेपालमा एउटा नयाँ मल कारखाना स्थापना गर्नका लागि आपसी सहयोग गर्ने विषयमा पनि हामीबीच सहमति भएको छ ।

साथीहरू, भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो छ । यो सम्बन्ध निकै बलियो पनि छ । यो सुन्दर कडीलाई अझ बलियो बनाउनका लागि प्रधानमन्त्री प्रचण्ड ज्यू र मैले रामायण सर्किटसँग सम्बन्धित परियोजनामा तीव्रता ल्याउने सहमति पनि गरेका छौँ । हाम्रो आपसी सम्बन्धलाई हिमालभन्दा पनि उचाइमा पुर्‍याउन निरन्तर प्रयास गरिरहने छौँ । यही भावनाले हामी सबै मुद्दाको समाधान खोज्ने छौँ । चाहे त्यो सीमाको मुद्दा होस् वा अन्य कुनै विषयको मुद्दा नै किन नहोस् ।

महामहिम प्रधानमन्त्री प्रचण्ड ज्यू, तपाई भोलि इन्दौर र धार्मिक सहर उज्जैनको यात्रा गर्दै हुनुहुन्छ । मलाई विश्वास छ कि तपाईँको उज्जैन यात्रा ऊर्जामयी हुनेछ । पशुपतिनाथदेखि महाकालेश्वरसम्मको यो यात्रामा तपाईँलाई आध्यात्मिक अनुभूति पनि हुनेछ भन्ने विश्वास मैले लिएको छु ।

धेरै धेरै धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com