ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्र दिवस विशेष : संघीयता कार्यान्वयनका अडचन


एबीसी / संवाददाता

काठमाडौँ, १० जेठ । नेपालको संविधान २०७२ ले नेपालको शासकीय प्रणालीमा आधारभूत परिवर्तनको परिकल्पना गरेको छ । शताब्दीदेखिको केन्द्रीकृत शासन विकेन्द्रित, संघीयता ढाँचामा रुपान्तरण भएको छ । भारतमा संघीयता कार्यान्वयन भएको देखासिकीबाट नेपालमा पनि नेपाली कांग्रेसले संघीयताका बारेमा २००७ सालदेखि नै आवाज उठाए पनि त्यति महत्व दिएको थिएन । विशाल भूभाग र ठूलो जनसङ्ख्या भएका कारण भारतका लागि संघीयता आवश्यकता थियो र यसको माध्यमबाट आज भारतले आर्थिक विकासमा फड्को मार्न पनि सकेको छ । खासगरी तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र द्वन्द्व गरेपछि नै गणतन्त्रसँगै संघीयतामा अन्य राजनीतिक दलहरु पनि सहमत भई यसलाई कार्यान्वयनमा ल्याइएको हो ।

नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहसहित तीन तहको सरकारको व्यवस्था गरेको छ । तीन तहका सरकारको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित हुने व्यवस्था संविधानमा गरिएको छ । यी तीन तहका सरकारहरुको एकल र साझा अधिकारको सूची पनि संविधानले नै तोकेको छ । संविधानको अनुसूची ५ मा संघका ३५ अधिकारको सूची दिइएको छ भने अनुसूची ६ मा प्रदेशका २१ अधिकारको सूची छ । अनुसूची ८ मा स्थानीय तहका २२ अधिकारको सूची छ ।

यस्तै, अनुसूची ७ मा संघ र प्रदशेको साझा २५ र अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहका साझा १५ अधिकारको सूची छ । यसरी प्रत्येक तहका एकल र साझा अधिकारका माध्यमद्वारा स्वशासन र साझा शासनको व्यवस्था संविधानले गरेको छ । संविधानले संघ, प्रदेश र स्थानीय तहको एकल र साझा अधिकार सूचीको विस्तृतीकरण गरेको छ । यद्यपि धेरै अन्योलहरु र अस्पष्टता बाँकी नै रहँदा अहिले यसको आवश्यकता र औचित्यमाथि प्रश्न गर्न थालिएको छ ।

संघीयताको भावनाअनुसार काम हुन नसकेको आम टिप्पणी हुन थालेको छ । संघले त साबिकअनुसार नै काम गरेको छ । प्रदेशलाई अनुभव नहुँदा अल्मलियो । पहिलेका तीन हजार नौ सय १३ गाविसलाई सात सय ५३ पालिकामा त ल्याइयो । संविधानको धारा, ५७ ले राज्यशक्तिको बाँडफाँट गरी तीनै तहलाई कानुन बनाउने अधिकार पनि प्रदान गरियो तर कानुन बनाउने जिम्मेवारी वकिललाई दिइयो । कानुन सही ढंगबाट तर्जुमा भएको छैन । उपप्रमुख वा उपाध्यक्षको अध्यक्षतामा न्यायिक समितिको गठन त भयो । एक त उनीहरुसँग कानुनको ज्ञान नै राम्रो छैन भने अर्कोतिर पालिकाको प्रमुख नै गाउँ÷नगरसभाको अध्यक्ष भयो । कार्यकारी र व्यवस्थापिकाको प्रमुख एउटै व्यक्ति हुँदा कानुनको शासन हुन सकेन । स्थानीय सरकार कार्यसञ्चालन ऐन तर्जुमा गर्दा पहिलेकै जस्तो बनाइयो । संविधानले परिकल्पना गरेजस्तो कानुन आउन सकेन । अहिले वडालाई पनि बजेट त दिइयो तर स्थानीय पालिकाहरुले जनताको सेवाको काम गर्नुपर्नेमा स्वागतद्वार, भ्युटार, रंगशाला निर्माण र विलासी गाडी चढ्न थालेका छन् ।

गाउँगाउँमा सिंहदरबार भने पनि जनताले त्यसको सही अनुभूति गर्न पाएका छैनन् । यसले गर्दा संसद्भित्र संघीयताको विरुद्धमा आवाज उठाउनेहरु नै जनताबाट निर्वाचित भएर आउन थाले । प्रदेश संरचना चाहिन्न भन्ने जनमत बढ्न थालेको छ । नेपालको संवैधानिक इतिहासमा करिब १० वर्षको अन्तरमा नयाँ संविधान आउने गरेको छ । वर्तमान संविधान आएको पनि लामो समय भएको सन्दर्भमा यसमा परिमार्जन गरिनुपर्ने माग विभिन्न कोणहरुबाट उठ्न थालेको छ ।

संघीयता बचाउने हो भने कर्मचारीतन्त्र इमान्दार हुन आवश्यक छ । २०४१ सालमा ल्याइएको विकेन्द्रीकरण ऐनको पनि कार्यान्वयन सही रुपमा हुन सकेको थिएन । कर्मचारीको पदस्थापनमा पनि उसको विशेषज्ञता र इमान्दारितालाई ध्यानमा राख्नुपर्नेमा अहिले त्यो सेलाउँदै गएको छ र पटकपटक सरुवा गर्ने प्रचलन बढ्दै गयो । यी सबै घटनाक्रम र उथलपुथलले कर्मचारीहरू बिस्तारै ‘एस पर्सन’ बन्दै गएका छन् । निजामती सेवालाई सशक्त बनाउनका लागि कर्मचारीहरुको मनोबल दह्रो र उच्च राख्नुपर्नेमा अहिले त्यसको ठीक विपरीत भएको छ । म मुख्य सचिव भएको बेला मैले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भनेको थिएँ कि अधिकार तल दिन चाहने हो भने रक्षाबाहेक अन्य २५ मन्त्रालयलाई पाँच विकास क्षेत्रमा पाँच/पाँचवटाका दरले राखौँ । हरेक महिना एक/एक विकास क्षेत्रमा मन्त्रिपरिषद्को बैठक राखौँ भनेको थिएँ ।

अहिलेको एक लाख कर्मचारीमध्ये ४० प्रतिशत केन्द्रमा राखेर ६० प्रतिशत प्रदेश र स्थानीय तहमा पठाउनुपथ्र्यो तर कर्मचारीले प्रदेश र स्थानीय तहमा जान चाहेनन्, गएकाले पनि आफूहरुलाई उपेक्षित भएको महसुस गर्न थालेका छन् । संघीयताले सुशासन बिगारेको होइन । सुशासन नहुनुमा कर्मचारीको सही व्यवस्थापन गर्न नसक्नु नै मुख्य कारण हो । राजनीतिक अस्थिरतासँगै कर्मचारीतन्त्र पनि अस्थिर बन्न पुग्यो । यसले गर्दा सुशासन हुन सकेन । अहिले हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप हाबी भएको छ । अनावश्यक राजनीतिक हस्तक्षेपले मुलुक अधोगतितर्फ गएको छ । यस्तो हस्तक्षेप बन्द हुनुपर्छ । विकास र समृद्धि राजनीतिक दलहरुको साझा एजेन्डा बन्नुपर्छ । सुशासन कायम गर्न सरकार दत्तचित्त हुनुपर्छ ।

नेपालमा संघीयता राजतन्त्रका विरुद्ध माओवादी विद्रोहीसहित प्रमुख राजनीतिक दलद्वारा सञ्चालित जनआन्दोलनको उत्कर्षपछि मधेस आन्दोलनले उठाएका राजनीतिक मुद्दाहरूलाई सम्बोधन गर्ने क्रममा मूर्तरुपमा लिपिबद्ध हुन पुगेको हो । हामीले २००७ सालदेखि राजनीतिका कुरा गर्न थाल्यौँ । २००७ सालमा राणाशासन हटाउन राजासँग मिलेर आन्दोलन गर्ने राजनीतिक पार्टीहरुलाई नै पछि राजाले प्रतिबन्ध लगाए । २०१३ सालपछि विदेशी लगानी आउन थाल्यो । २०१७ सालपछि नियन्त्रित समाजमा ‘कन्ट्रोल इकोनोमी’ भयो । २०४७ पछि सबै खुल्ला गर्यौँ । सबै स्वतन्त्र भयौँ । २०५२ सालदेखि माओवादी द्वन्द्वले गाउँमा सरकारको उपस्थिति हुन सकेन ।

जनआन्दोलनको बलमा २०४७ सालमा संविधान आयो तर संविधानअनुसार धेरै कानुन बन्नुपर्ने थियो । ती कानुन नै नबन्दै संविधान फेरियो । कुन विदेशी सहयोग केका लागि लिने भन्ने योजना नहुँदा जे पनि जस्तो पनि लिने र उनीहरुकै योजनाअनुसार चल्न खोज्दा केही सुधार हुन सकेन । हाम्रो माटोअनुसारको काम भएन । २०४६ देखि २०७६ सालसम्मको ३० वर्षको अवधिमा २८ वटा सरकार बने । मन्त्री फेरिएसँगै सचिव फेरिने क्रम स्थापित बन्यो । मन्त्रालयको काम मन्त्री वा सचिवलाई नै थाहा हुन छाड्यो ।

विभिन्न आन्दोलनहरुले उपेक्षित वर्गलाई आफ्नो अधिकारका बारेमा उजागर गरिदियो । दुई छाक पनि राम्ररी खान नपाएकालाई ठूलो महत्वाकाङ्क्षा बढायो । देशमा अवसर नभएपछि विदेश जाने क्रम बढ्न थाल्यो । मान्छेका पसिना बेचेर देश चलाउन थाल्यौँ । नेपालीपनलाई जगेर्ना गर्न खोजेनौँ । योजना आयोगमा बस्नेहरु पनि विभिन्न देशमा पढेर आएका हुने र उनीहरुले त्यही देशअनुसारको योजना बनाउन खोज्दा आवश्यकता एकातिर लगानी अर्कोतिर जस्तो भयो । हामीले हाम्रो मौलिकतालाई देखाएनौँ । यी विभिन्न कारणहरुले जनतामा शासन प्रणालीप्रति नै वितृष्णा बढ्न थालेको छ । सङ्घीयता बचाउने हो भने समयमै यसका पक्षधरहरु एकजुट भई काम गर्नैपर्दछ । अन्यथा विश्वका कतिपय देशहरुमा जस्तै संघीयताबाट मुलुक पुनः केन्द्रीयकरणतर्फ नजाला भन्न सकिन्न ।

भ्रष्टाचार नियन्त्रण गर्नुभन्दा पनि भ्रष्टाचार किन भयो भनी अध्ययनको खाँचो छ । धेरै कारणमध्ये कर्मचारीको तलब अति नै न्यून हुनु पनि एउटा हो । अहिले भएका बिदा, सवारी साधन, औषधि उपचार तथा अन्य सुविधा घटाएर धेरै काम लगाउने र पारिश्रमिक पनि पाँच गुना बढाउनुपर्ने देखिन्छ । कर्मचारी र यसका परिवारको बीमा गराउन सकिन्छ । निवृत्तिभरणलाई पनि योगदानमा आधारित गरौँ भन्ने मेरो प्रस्ताव थियो । बल्ल अहिले निवृत्तिभरण चाहिँ योगदानमा आधारित गर्न थालिएको छ ।

कर तिर्न बाध्यकारी नगरी स्वयम्सेवा गरौँ, तेस्रो पक्षलाई ठेक्कामा पनि दिन सकिन्छ । बढी कर तिर्नेलाई राज्यले पुरस्कार, पदक प्रदान गरी उच्च कदर गर्न सक्छ । उनीहरुले तिरेको रकमका आधारमा विशेष सम्मान, सहुलियत, सुविधा र आवश्यक परे सुरक्षाकर्मी दिन सकिन्छ । अहिले सरकारी तलब पनि खाने अनि पदक, सम्मान, सुविधा पनि आफैँ लिने काम भएको छ । पहिले सुशासन भएन भनेर शासन प्रणाली फेरियो तर सुशासन हुन सकेन ।

मुलुकमा सुशासन कायम गर्न घर परिवारबाटै सुरु गर्नुपर्ने हुन्छ । मानिसलाई आध्यात्मिक चेतनाको जागृत गराउन आवश्यक छ । त्यसैले अभिभावकहरुले भोलिको पुस्तामा देशप्रेमको भावना ल्याउन छोराछोरी, नातिनातिनाहरुलाई बाल्यकालदेखि नै आ–आफ्ना धर्म परम्पराअनुसार महिनामा दुई÷चारपटक धार्मिक आस्थाका केन्द्रहरुमा लगेर धार्मिक चेतना जागृत गराउन आवश्यक छ । अबको २० वर्षपछि २१औँ शताब्दीको अन्त्यसम्ममा नेपालीलाई हामी नेपाली हो, हामीले नै नेपाल बनाउनुपर्छ भन्ने विश्वास र आशा दिलाउन आवश्यक छ । नाम भएमा दाम आउँछ, दाम भएर पनि नाम नआउन सक्छ । नाम ठूलो कुरा हो, दाम जहिले पनि कमाउन सकिन्छ भन्ने भाव हरेक नेपालीमा आउन नसकेसम्म सुशासन, भ्रष्टाचार नियन्त्रण जस्ता कुरा गर्नुको कुनै अर्थ हुँदैन । २०२८ सालमा सर्वोच्च अदालतको शाखा अधिकृत पदबाट सरकारी सेवा सुरु गरेका तीर्थमान शाक्य कानुन सुधार आयोगको कायममुकायम सचिव, कानुन मन्त्रालयमा सचिवसहित लामो समय निजामती सेवामा रही मुख्यसचिव बनेका थिए । सेवानिवृत्त भएपछि २०६१ देखि २०६५ सम्म लोकसेवा आयोगको अध्यक्ष बने । रोटरी क्लबमार्फत सामाजिक सेवामा क्रियाशील रहेका उनी विभिन्न सामाजिक संघसंस्थामा सल्लाहकारका रुपमा रहनाका साथै रोटरी इयर २०१०–११ मा नेपाल रोटरीको डिष्ट्रिक्ट गभर्नर थिए भने सन् १९९८–२००२ सम्म नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्ष र २०१०–१२ सम्म नेपाल बंगलादेश बैंकको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

नेपाल ल सोसाइटीका अध्यक्ष शाक्य कानुनी क्षेत्रको विज्ञका रूपमा विभिन्न अध्ययन–अनुसन्धानमा संलग्न छन् । संविधान र प्रशासन सुधारका क्षेत्रमा सरकारलाई उनले महत्वपूर्ण सुझाव दिएका छन् ।

(प्रस्तुत विचार मुलुकको शासकीय परम्परामा युगान्तकारी प्रशासनिक रुपान्तरणको आवश्यकता देख्नुहुने शाक्यसँग गरिएको कुराकानीका आधारमा तयार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com