ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालश्रममुक्त बन्दै सार्वजनिक सवारी साधन


एबीसी न्यूज

काठमाडौँ, १८ माघ ।   सरकारले सार्वजनिक सवारी साधनलाई बालश्रममुक्त बनाउने भएको छ ।

निकृष्ट तथा जोखिमपूर्ण श्रम क्षेत्रका रूपमा मानिएको सार्वजनिक सवारी साधनलाई बालश्रममुक्त बनाउन श्रम तथा रोजगार मन्त्रालय, केन्द्रीय बालकल्याण समितिलगायत अन्य संघसंस्थाको सहकार्यमा सचेतना अभियान सञ्चालन गरिँदै आएकामा अब बालश्रम         मुक्त बनाउन लागिएको हो ।

बालश्रममुक्त सार्वजनिक यातायात (बस, मिनिबस, माइक्रोबस, टेम्पो, ढुवानीका साधन) अभियानअन्तर्गत पहिलो चरणमा विभिन्न सञ्चारमाध्यमबाट सचेतनाका कार्यक्रम सञ्चालन गरिएको केन्द्रीय बाल कल्याण समितिका संयोजक नमूना भुसालले जानकारी    दिनुभयो ।

नेपालको संविधान, बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन नहुने र लगाएमा दण्डित हुने व्यवस्था छ । “अभियानअन्तर्गत अहिले यातायात व्यवसायीसँग बालश्रमरहित सार्वजनिक यातायात बनाउनेबारे छलफल भइरहेको र अब बालश्रमबारे लेखिएका चेतनामूलक स्टीकर टास्ने काम गरिने छ”– उहाँले भन्नुभयो ।

उक्त समितिले सञ्चालन गरेको काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त बनाउने अभियानबमोजिम आव २०७३÷०७४ सम्ममा ६५६ बालबालिकालाई उद्धार गरी व्यवस्थापन गरिएको समितिले जनाएको छ । ती बालबालिकालाई परिवारमै पुनःस्थापना र बाल गृहमा राख्ने गरिएको छ ।

हाल मुलुकका ४६ जिल्लामा करिब ५६७ आवासीय बालगृह सञ्चालनमा छन् । ती बालगृहमा जम्मा १६ हजार ५३६ बालबालिका (बालक, आठ हजार ३१८ र बालिका आठ हजार २१८) ले संरक्षण पाएका छन् ।

त्यसरी नै सार्वजनिक यातायातलाई बालश्रम मुक्त बनाउन समितिले सबै यातायात कार्यालयमा पत्राचारसमेत गरेको छ । सचेतना गराउँदा गराउँदै वा छलफल गर्दागर्दै यातायातमा बालबालिका प्रयोग भएको पाइएमा समितिले उद्धार गरी पनि व्यवस्थापन गर्नेछ ।

समितिको अध्ययनमा काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सावरी साधनमा करिब ५०० बालबालिका प्रयोग भएको पाइन्छ । बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार बालबालिकालाई श्रमिकका रूपमा काममा लगाएमा एक वर्षसम्म कैद वा रु ५० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कुनै पनि व्यक्तिले अनुमतिपत्र प्राप्त नगरी कुनै पनि सार्वजनिक सवारी साधनमा परिचालकको काम गर्नु नहुने व्यवस्था भएपनि काठमाडौँ उपत्यभित्रै अनुमतिपत्र बिना १६ वर्षभन्दामुनिका बालबालिकालाई परिचालक बनाएको पाइएको छ ।

बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार कसैले पनि १६ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई सार्वजनिक परिवहनलगायतका वा निकृष्ट तथा जोखिमपूर्ण व्यवसाय वा काममा लगाउन हुँदैन भनिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनमा कार्यरत बालबालिकाको विकल्पसहित राज्यले व्यवस्थापन गरे यो क्षेत्र आफैँ बाल श्रममुक्त हुने बताउनुभयो ।

उक्त समितिले कुनै पनि बालबालिका कामको खोजी गर्दै आएमा, अलपत्र सडकमा फेला परेमा वा सार्वजनिक सवारी साधनमा श्रमिकका रूपमा काम गरेको पाइएमा उद्धारका लागि सहयोग गर्न आग्रह गरेको छ ।

सहयोगका लागि बालबालिका खोजतलास समन्वयन केन्द्रको टोल फ्री फोन नं १०४ वा बाल हेल्पलाइनको टोलप्रःी फोन नं १०९८ मा सम्पर्क गरी सहयोग गर्न सम्बन्धित सबै यातायात व्यवसायी, चालक तथा परिचालक एवं यात्रुमा अनुरोधसमेत गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com