ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णयको विरोध


एबीसी न्यूज
माघ १८, २०७४ बिहीबार  १ : २१ बजे

 

राजविराज, १८ माघ ।   महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णायको यहाँ विरोध गरिएको छ ।


नेपाल प्राध्यापक संघ मविब क्याम्पस एकाइ राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीको बृहत् बैठकमा वक्ताले उक्त निर्णय नसच्याइए प्राध्यापक तथा कर्मचारीले आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।
नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा जनकपुरको राराव क्याम्पस, सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस र राजविराजको मविब क्याम्पसलाई गाभिएको छ ।

उक्त निर्णयको बिरोधमा राजविराजको मविब क्याम्पसका प्राध्यापक तथा कर्मचारीले विरोध जनाएको क्याम्पसले जनाएको छ ।
मविब क्याम्पस प्रमुख सर्वेशचन्द्र मिश्रले क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभिए त्रिविअन्तर्गतको आंगिक क्याम्पसका प्राध्यापक, विद्यार्थीमा भयको वातावरण सिर्जना हुने बताउनुभएको छ ।

प्राध्यापक, कर्मचारीको तलबदेखि पेन्सनसमेत प्रभावित हुने र विद्यार्थीको सर्टिफिकेटसमेतमा प्रभावित हुने उहाँले बताउनुभयो ।
बैठकमा सहायक क्याम्पस प्रमुख मिथिलेश यादवले राजर्षि जनक विश्वविद्यालय प्रदेश नं २ मा स्थापना भएकोप्रति स्वागतयोग्य भएको भन्दै सो विश्वविद्यालयमा नयाँ क्याम्पसलाई आबद्धता गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले मविब क्याम्पस राजविराज स्थापनाकालदेखि नै त्रिविमा रहेकाले यसलाई त्रिविमै यथावत् राख्न मागसमेत गर्नुभयो ।

यस्तै नेपाल आंशिक प्राध्यापक संघका सभापति रन्धिर कुमार कर्णले राजर्षि जनक विश्वविद्यालयमा मविब क्याम्पस राजविराज गाभिएमा क्याम्पसका अस्थायी, करार, आंशिक शिक्षक र कर्मचारी स्वतः खारेज हुने उल्लेख भएकाले यस्ता कदमको विरोध गर्नुभयो । त्रिविमै क्याम्पसलाई यथावत् राख्न सरकारसँग माग गर्नुभयो । सोही बैठकमा त्रिवि कर्मचारी संघका केन्द्रीय प्रतिनिधि चन्देश्वर यादवले क्याम्पसलाई गाभ्ने निर्णय दुर्भाग्यपूर्ण रहेको भन्दै निर्णय यथाशीघ्र नसच्याइए आन्दोलनमा जानुको विकल्प नरहेको बताउनुभयो ।
बैठकमा नेपाल प्राध्यापक संघ, प्रजातान्त्रिक प्राध्यापक संघ, प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, मधेशवादी प्राध्यापक संघ, आंशिक शिक्षक संघ र त्रिवि कर्मचारी संघले उक्त निर्णयको विरोधमा ऐक्यबद्धता जनाएका छन् । हाल यस क्याम्पसमा स्थायी, निजी, करार र आंशिक गरी १२१ प्राध्यापक र ४१ कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन र रास्वपाको उदय षड्यन्त्रको हिस्सा : नेकपा नेताहरूको निर्वाचन समीक्षा

ट्रम्पको नयाँ अल्टिमेटमको सामना गर्दै तेहरानको चेतावनी : ‘बर्बर जवाफ दिन्छौं’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जेनजी आन्दोलन र रास्वपाको उदय षड्यन्त्रको हिस्सा : नेकपा नेताहरूको निर्वाचन समीक्षा

चीनले इरानको युद्धलाई कसरी हेर्छ ? : इकोनोमिष्ट

ट्रम्पको नयाँ अल्टिमेटमको सामना गर्दै तेहरानको चेतावनी : ‘बर्बर जवाफ दिन्छौं’

सर्वोच्चको आदेश: ओली र लेखक २६ चैतमा हिरासतबाट मुक्त हुने

इरान–अमेरिका तनावः ४५ दिनको युद्धविराम र होर्मुज पुनः खोल्ने प्रस्ताव

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा बहस सकियो, आदेश केही बेरमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com