काठमाडौं २१ बैशाख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक र क्याम्पस सञ्चालक लम्बोदरकुमार न्यौपानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको छ ।
विशेष अदालतले पाठक र न्यौपानेलाई भ्रष्टाचार उद्योगमा दोषी ठहर गरेको फैसला चित्त नबुझी अख्तियारले उक्त पुनरावेदन दायर गरेको हो ।
पाठक र न्यौपानेबीच घुस लेनदेनको अडियो बाहिर निस्किए पनि रकम लेनदेन भएको पुष्टि नभएको भन्दै विशेष अदालतले भ्रष्टाचारको उद्योगमा माग भन्दा आधा सजाय गर्ने फैसला गरेको थियो ।
अख्तियारले उक्त फैसलामा पेस भएका प्रमाणको मूल्यांकन नगरेको भन्दै पुनरावेदन दर्ता गरिएको हो ।
“आरोपपत्र साथ पेस भएका अडियोमा भएकै संवादमा स्पष्ट रुपमै रकम लेनदेन भइसकेको भन्ने संवाद हुँदाहुँदै घुस रिसवतको उद्योगमा मात्र सजाय हुने गरी कसुर ठहर गरी भएको फैसला त्रुटिपूर्ण एवं बदरयोग्य रहेको छ,” अख्तियारबाट जारी भएको विज्ञप्तिमा उल्लेख छ ।



















प्रतिक्रिया दिनुहोस्