ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिस वर्ल्ड एम्बासडर मनोनित भइन् एनआरएनए यूके पूर्वअध्यक्ष पुनम गुरुङ


abc tv

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष पुनम गुरुङ ‘मिस वर्ल्ड’ को एम्बासडर मनोनित भएकी छन्।

विश्ववापी रुपमै प्रतिष्ठित विश्व सुन्दरी प्रतियोगिता सञ्चालन गर्दै आएको संस्थाले उनलाई एम्बासडर मनोनित गरेको हो ।

मिस वर्ल्ड एम्बासाडरका रुपमा प्रतियोगिताको प्रतिष्ठा अभिवृद्धि र प्रवर्द्धनमा सहयोग पुर्‍याउनु आफ्नो प्रमुख दायित्व रहने पुनमले बताइन्।

‘मिस वर्ल्डजस्तो विश्व विख्यात संस्थाले मलाई सम्मानपूर्वक एम्बासाडरको जिम्मेवारी दिएकोमा गौरवान्वित छु’, उनले भनिन्, ‘ यो भूमिकालाई न्याय हुने गरी आफ्नो योगदान दिन म उत्सुक छु ।’

मिस वर्ल्ड एम्बासाडर मनोनित भएलगत्तै पुनमले मिस वेल्स सुन्दरी प्रतियोगिताको निर्णायकको जिम्मेवारी पनि निर्वाह गरिसकेकी छन्। गतसाता वेल्समा सम्पन्न प्रतियोगितामा उनलाई मिस वर्ल्डले निर्णायक खटाएको हो।

मिस वेल्सकै इतिहासमा नेपाली मूलबाट निर्णायकको रुपमा भाग लिने पुनम पहिलो थिइन्। उनले भनिन्, ‘मेरो लागि मिस वर्ल्डको अनुभव निकै रमाइलो र सुखद रह्यो । मिस वर्ल्डसँग जोडिएपछि मेरो पहिलो इभेन्ट भएकाले यो अवसर थप अविस्मरणीय पनि बनेको छ ।’

यसअघि नेपाली मूलका व्यवसायी दीपेन्द्र गुरुङ ‘मिओड’ गत वर्षदेखि मिस वर्ल्डमा ‘को–औनर’ को रुपमा भित्रिएका थिए।

पुनमले आफूमाथि विश्वास गरेर एम्बासाडरको जिम्मेवारी दिने दीपेन्द्रसहित सिंगो मिस वर्ल्ड परिवारलाई धन्यवाद दिंदै सक्दो योगदान गर्न कोशिश् गर्ने बताएकी छन्।

एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष पुनम बेलायतको नेपाली समुदायकी प्रभावशाली महिला अभियन्ता मानिन्छिन् । पछिल्लो समय उनी यहाँको कञ्जरभेटिभ पार्टीमार्फत् राजनीतिमा पनि सक्रिय छन् । बेलायतकै ठूलो नेपाली संस्था तमुधिं यूकेको आमा समूहकी पनि उनी संस्थापक अध्यक्ष हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com