ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विस्थापित हुँदै नेपालगञ्जका होटल व्यवसायी


एबीसी / संवाददाता

जानकी, २ वैशाख । आर्थिक मन्दी र बैंकको ऋणका कारण नेपालगञ्जका व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उनीहरूले गुनासो गरेका छन् । होटेल व्यवसायी संद्द बाँकेका अध्यक्ष रंगबहादुर खड्काले प्रवल सम्भावना रहेको व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको बताए ।

उनका अनुसार व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो हुँदै गइरहेको छ । एकातिर आम्दानी बढ्नुको साटो घट्दै गइरहेको र अर्कोतिर लगानी गर्ने वातावरण नभएकाले व्यवसायी दिनप्रति दिन मर्कामा पर्न थालको खड्काले बताए ।

नेपालगञ्जमा साना, मझौला र ठूला गरेर सात सय होटेल व्यवसायी छन् । तीमध्ये पाँच सय व्यवसायीले मात्र नवीकरण गरेका छन् । अध्यक्ष खड्काले भने, “नेपालगञ्जको ठूलो होटेल व्यवसायीमध्ये एक जना विस्थापित हुनुभयो । कोभिड पछि विस्तारै उहाँको व्यापार घट्दै गयो । होटेल चल्न छाडेपछि आम्दानी हुने कुरै भएन । आम्दानी नभएकै कारण उहाँले भाडा तिर्न नसकेर अहिले विस्थापित नै हुनुभयो ।” उनले यस्तै अवस्था रहे अबको केही महिनापछि धेरै व्यवसायी विस्थापित हुन सक्ने आँकलन गरे ।

विगत २५ वर्षदेखि होटेल व्यवसायीका रुपमा चिनिँदै आएका खड्काले पहिलाको तुलनामा ४० प्रतिशतले व्यवसायमा कमी आएको बताए । “मैलै विगत २५ वर्षदेखि यही व्यवसाय गर्दै आएको छु । योभन्दा पहिला कहिल्यै यस्तो भएको थिएन । अहिले मैले मासिक होटेल भाडा ६६ हजार तिर्ने गरेको छु । मेरो आम्दानी दिनप्रति दिन घट्दै गइरहेको बेला कसरी भाडा तिर्ने ?”

व्यवसायी खड्काले व्यवसायीलाई माथि उठाउन नेपाल सरकारले बैंकसँग सहकार्य गरेर बढेको ब्याजदर घटाइ दिने व्यवस्था गर्न आवश्यक रहेको बताए । साथै उनले आर्थिक मन्दि चलिरहेकै समयमा घरबेटीले पनि घर भाडा बढाउनुको साटो भाडा घटाइ दिए व्यवसायीलाई धेरै राहत हुने तर्क गरे ।

नेपालगञ्जका होटेल व्यवसायी मात्र नभई यहाँका साना ठूला सबै व्यापारी पनि बैंकले ऋण प्रवाह नगर्दा लगानी थप्न नसकेको भन्दै उनीहरू मर्कामा परेका छन् । नेपालगञ्जका मुख्य बजार क्षेत्रमा दिनप्रति दिन सटर खाली हुन थालेका छन् । कोभिड–१९ को मारमा परेका व्यापारी गत फागुन महिनादेखि यता झनै मारमा पर्न थालेका हुन् । गोदाम र पसलमा लाखौँका सामान स्टक छन् तर कारोबार ठप्प हुँदै गइरहेको हुनाले आफू मारमा परेको व्यापारी बताउँछन् ।

व्यापार सुक्दै गएपछि निकै सस्तो मूल्यमा पसल तथा रेस्टुरेण्ट बिक्री गर्न खोज्दा पनि किनिदिने मान्छे भेट्न नसकिएको गुनासो गर्दै होटल व्यवसायी रामु सेन्चुरी भन्छन्, “दुई वर्षदेखि होटल बेच्नका लागि ग्राहक खोज्दा पनि पाइएको छैन । अहिलेको समयमा पसल किन्ने ग्राहक भेटाउनु पनि ठूलो चमत्कारै हो जस्तो लाग्न थालेको छ ।” यसै प्रसंगमा नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले साना लगानीका व्यवसायीलाई दिने भनिएको कम ब्याजदरको ऋण पाउने कार्यविधिसमेत बन्न नसकेको बताए ।

कोभिड–१९ र त्यसपछि उत्पन्न भएको आर्थिक संकटले नेपालगञ्जको अर्थतन्त्र धराशयी बनाएको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । “लगानी नगरिरहेको बैंकले चर्को ब्याजदरसहित ऋण तिर्न ताकेता गरिरहन्छन् । यो कुराले हामी व्यापारी निकै नै मर्कामा परेका छौँ । व्यापार सुक्दै गएका बेला यस्तो कुरा झेल्नुभन्दा पसल नै बिक्री गर्न उचित लागेर धेरै व्यापारी विस्थापित भई सकेका छन्,” उनले भने ।

संघका महासचिव चीरञ्जीवी ओलीले सरकारका तर्फबाट मर्कामा परेका व्यवसायीलाई देखिने गरी कुनै राहत पुग्न नसकेको बताए । उनले व्यापारी मर्कामा पर्नुको कारण केवल बैंकको ब्याज तिर्न नसकेर मात्र नभई सरकारले पूँजीगत खर्चलाई द्रूत गतिमा अघि बढाउन नसकेको उल्लेख गरे । आर्थिक मन्दीकै कारण नेपालगञ्जमा २० प्रतिशत भाडाका सटर बन्द भएको उनको भनाइ छ । महासचिव ओलीले ‘आर्थिक ईको सिस्टम’ लाई चाँडोभन्दा चाँडो अघि बढाएर व्यापारीलाई राहत दिन सरकारलाई आग्रह गरे । नेपालगञ्जमा नौ हजारको हाराहरीमा व्यापारी रहेका छन् भने नवीकरण जम्मा १२ सयले मात्र गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बैशाखमा हुने सिरीजंघा पर्यटन महोत्सवको लोगो र प्रोमो सार्वजानिक

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

गुगलले १५ वर्षसम्म कसरी गोपनीयताको संस्कृति बनायो

भारतीय पर्यटकहरूले विश्व जितिरहेका छन्

पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक, अहिलेसम्कै सवैभन्दा बढी यो वर्ष

पेरिस ओलम्पिकमा मैदानभित्र मदिरा बिक्रीमा प्रतिबन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com