ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपहेलना मुद्दामा अध्यक्ष र शिक्षकलाई जरिवाना


एबीसी न्यूज

कञ्चनपुर, १७ माघ।  उच्च अदालत, दीपायलको महेन्द्रनगर इजलासले अपहेलना मुद्दामा कञ्चनपुरको भीमदत्तनगरपालिका बाराकुण्डास्थित प्रगति युवा आधारभूत विद्यालय अध्यक्ष कटकबहादुर कुँवर र निमित्त प्रधानाध्यापक गणेशप्रसाद पाण्डेयलाई जरिवाना गरेको छ ।

महेन्द्रनगर इजलासका न्यायाधीयद्वय डिल्लीराज आचार्य र दिनेशप्रसाद यादवको संयुक्त इजलासले दुवै जनालाई जनही एक\एक हजार रुपैयाँ जरिवनाको सजाय गरेको हो । इजलासले एक वर्षअघि शिक्षक कर्णबहादुर नेगीलाई बिदा स्वीकृति गरी तलब भत्ता दिन र हाजिरी गराउन दिएको परमादेश नमानेपछि शिक्षक नेगीले गत जेठमा अध्यक्ष र निमित्त प्रधानाध्यापकविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गर्नुभएको थियो ।

शिक्षक नेगीको ७५ दिनको विरामी बिदा स्वीकृत गरी तलब भत्ता दिनुपर्ने अदालतको आदेश थियो । अदालतबाट जारी भएको उल्लिखित आदेशअनुसार निवेदकलाई अनावश्यक हैरानी (दुःख) दिने र साधिकार न्यायापालिकाको अन्तिम आदेश (परमादेश)को अवज्ञा गरी परोक्षरुपमा न्यायिक प्रभावकारितामा आँच पु¥याउने कार्य गरी अदालतको अवहेलना गरेको देखिन आएको फैसलामा उल्लेख गरिएको छ ।

अदालतले तत्कालीन जिल्ला शिक्षा अधिकारी श्याम सिँह धामीलाई नोटिसमा राख्ने सम्बन्धी जानकारी शिक्षा विभागमा पठाउनु आदेश दिएको छ । उच्च सरकारी वकिल कार्यालयले शिक्षा विभागमा जानकारी नपठाएकाले आदेश र निर्णयसहित पठाउन आदेश दिएको हो । विद्यालयका शिक्षक नेगीले अदालतले आफूलाई न्याय दिएको बताउनुभयो ।

“बिदा बस्दा स्वीकृत नगर्ने, हाजिरी लगाउन नदिने लगायतका कार्य भएपछि अदालतको शरणमा गएको थिएँ”, उहाँले भन्नुभयो, “आदेशले न्याय दिएको छ, यसले म खुशी छु ।”

अदालतको आदेश कार्यान्वयन गर्न खोज्दा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम ढोलीलाई जातीय विभेद गर्दै अध्यक्षबाट हटाइएको थियो । विसं २०७१ मंसिरमा हाजिर भएका शिक्षक नेगीले विसं २०७२ पुस २९ गतेदेखि ७५ दिनको बिरामी बिदा माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com