ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक समस्या आउनुमा यो सरकार मात्रै दोषी होइन : महामन्त्री थापा


एबीसी / संवाददाता
चैत्र २७, २०७९ सोमबार  ६ : ०२ बजे

देउखुरी, २७ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्नुमा अहिलेको सरकार मात्र दोषी नभएको बताएका छन् । नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, “देशमा आर्थिक संकट गहिरिँदै जानुमा अहिलेको सरकार मात्र दोषी छैन, यो अवस्था आउनुमा विगत २० वर्षदेखिको सत्ता साझेदारहरुको भूमिका छ ।”

देशको राष्ट्रिय अस्मिता, स्वन्त्रतता र लोकतन्त्रको आत्मा बचाएर राख्ने काम कांग्रेसले गरेको उल्लेख गर्दै उनले अब कांग्रेस अविकसितबाट विकसित मुलुक बनाउने अभियानमा अघि बढेको दाबी गरे । कार्यक्रमका वक्ताहरूले पार्टीको क्रियाशील सदस्यमा गम्भीर समीक्षा गर्नुपर्ने, शिक्षा, स्वास्थ्यका विषय, दाङको विकास निर्माणलगायत विषय उठाएका थिए ।

महामन्त्री गगन थापाले कांग्रेस पार्टीभित्र दुःख, संघर्ष गरेका व्यक्तिलाई न्याय गर्नुपर्ने कामको असल अभ्यास दाङ कांग्रेसले गरेको भन्दै प्रशंसा गरे । उनले अब यहाँको सम्भावनालाई सही रुपमा परिचालन गरेर उत्पादनलाई अर्थव्यवस्थासँग जोडेर संकटग्रस्त अवस्थाबाट माथि उठाउन सबैको साथ सहकार्य आवश्यक रहेको बताए । देशमा युवा शक्ति निर्यात गर्ने मुलुकका रुपमा देखा पर्न थालेकाले यी विषयमा सबै गम्भीर हुनुपर्नेमा उनको जोड थियो ।

महामन्त्री थापाले वर्तमान सरकारले सोचेजस्तो लय समात्न अझै नसकेको उल्लेख गर्दै भने, “तीव्र रुपमा अघि बढ्नुपर्ने सरकार अझै अलमलमा रहेको छ । सोचेजस्तो लय समात्न सकेको छैन ।” उनले अहिलेको सरकारलाई हिँडेर अघि बढ्ने समयको सुविधा नरहेको उल्लेख गर्दै गहिरिँदो आर्थिक संकटबाट पार पाउन प्रधानमन्त्रीले आफ्ना सुविधाहरूमा विचार गर्नुपर्ने बेला आएको बताए ।

“पार्टीभित्र संघर्ष गरेर, लडेर खारिएका नेताहरु कांग्रेसलाई बदल्छौँ र बदलिएको कांग्रेसबाट नेपाललाई बदल्ने संकल्प लिएका छौँ”, महामन्त्री थापाले भने, “अहिलेको संकटसँग भागेर देश बन्दैन, संकटको सामना डटेर गर्ने ताकत सबैले लिनुपर्छ, जोखिमको बेलामा आएको जिम्मेवारीलाई गम्भीरतापूर्वक निभाउनुपर्छ, यो दायित्व अहिलेको सरकारको काँधमा आएको छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com