ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ पर्यटन ऐन ल्याउँछौँ : पर्यटनमन्त्री किराती


एबीसी / संवाददाता

कास्की, २६ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताएका छन् ।

होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन गर्दै उनले समयसापेक्ष पर्यटन ऐन ल्याउन लागिएको जानकारी दिए ।

“पर्यटन ऐन बदल्नु छ, मभन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्दैछु । यो ऐनको प्रभावकारिता सकिएकाले नयाँ ऐन ल्याउन लागेका छौँ”, उनले भने । वर्तमान ऐनमा भएका धेरै विषयहरु सुधार गर्दै समयसापेक्षित पर्यटन ऐन ल्याउने उनको भनाइ छ ।

पर्यटनमन्त्री किरातीले पर्यटन ऐनका बारेमा पोखरामा समेत आएर पर्यटन व्यवसायी, होटल व्यवसायी लगायत सबै सरोकारवालासँग सुझाव र छलफल गरिने बताए ।

उनले मन्त्रालयले २० वर्षे दीर्घकालीन कार्यक्रम घोषणा नगरी आवश्यकताका आधारमा तत्कालका योजना र कार्यक्रम ल्याउने तयारी गरिएको बताए । ‘घुमौँ नेपाल, हेरौँ प्रकृति र चिनौँ संस्कृति’ भन्ने नारासहित पर्यटनको प्रचार अन्तर्राष्ट्रियस्तरमा समेत गर्ने योजना रहेको मन्त्री किरातीले सुनाए ।

पोखरालाई ‘ब्राण्डिङ’ र ‘रिब्राण्डिङ’ गर्दै यहाँको प्रकृति र संस्कृतिलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेर विदेशी मुद्रा आर्जन गर्नुपर्नेमा उनले जोड दिए ।

पर्यटनको विकास र विस्तारका लागि पर्यटनलाई उद्योगका रुपमा विकास गर्नुपर्ने उनले आवश्यकता औँल्याए ।

मन्त्री किरातीले भने, “म पर्यटन नीति बनाउँछु, पर्यटन बोर्डले प्रवद्र्धनको काम गरोस् । पर्यटन विभागले संरचनागत काम गरोस्, तपाईं व्यवसायीले पनि गुणस्तरीय सेवा दिनुपर्छ ।”

कार्यक्रममा होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा, गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुंगाना, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यवाहक प्रमुख नवीन पोखरेल, होटल व्यवसायी महासंघ बागमती प्रदेश अध्यक्ष दामोदर नेपाल, होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखाललगायतले पर्यटन क्षेत्रमा होटल व्यवसायले ठूलो योगदान गरेकाले पर्यटकलाई सेवा दिने होटललाई राज्यले समानरुपमा हेर्नुपर्नेमा जोड दिएका थिए ।

गण्डकी प्रदेशमा रहेका आठ हजार होटल तथा रेष्टुराँ व्यवसायीको छाता संस्था होटल व्यवसायी महासंघ गण्डकीमा जिल्लास्थित होटल व्यवसायी संघ तथा समिति आबद्ध छन् । महाधिवेशनले नया नेतृत्व चयन गर्ने महासचिव देवेन्द्र लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बैशाखमा हुने सिरीजंघा पर्यटन महोत्सवको लोगो र प्रोमो सार्वजानिक

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

गुगलले १५ वर्षसम्म कसरी गोपनीयताको संस्कृति बनायो

भारतीय पर्यटकहरूले विश्व जितिरहेका छन्

पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक, अहिलेसम्कै सवैभन्दा बढी यो वर्ष

पेरिस ओलम्पिकमा मैदानभित्र मदिरा बिक्रीमा प्रतिबन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com