काठमाडौँ, २३ चैत । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारको निर्णयविरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासले बुधबार कारण देखाउ आदेश जारी गरेको हो । राज्य र माओवादीबाट पीडित ज्ञानेन्द्र आरण, पूर्णप्रसाद पौडेल, गंगामाया अधिकारी, रिता कार्की, कल्याण बुढाथोकीलगायतले फागुन १ मा बिदा दिने निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
उनीहरूले सरकारको निर्णय खारेज गर्न माग गरेका थिए । पीडितको माग बमोजिम किन आदेश दिनु नपर्ने हो भन्दै सर्वोच्चले कारण मागेको हो ।
माओवादी सशस्त्र द्वन्द्व सुरू भएको फागुन १ गतेलाई मन्त्रिपरिषद्ले ‘जनयुद्ध दिवस’का रूपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
यससँगै सर्वोच्चले यस रिटलाई अग्राधिकार दिएको छ । अब यो रिटलाई प्राथमिकतामा राखेर सुनुवाइ गरिने छ ।


















प्रतिक्रिया दिनुहोस्