ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५७ मिनेटको हिरासतपछि फ्लोरिडा उडे ट्रम्प, अर्को सुनुवाइ डिसेम्बरमा


एबीसी / संवाददाता

एजेन्सी, २२ चैत । वयस्क चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ को चुनावअघि रकम दिएकोसहित ३४ वटा मुद्दा खेपिरहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गृहराज्य फ्लोरिडा उडेका छन् ।

मंगलबार म्यानहटनको अपराधिक अदालतमा न्यायाधीश जुआन मर्चनको इजलासमा उनीविरूद्धको मुद्दाको सुनुवाइ भएको थियो । बिहीबारको एक ग्रान्ड जुरीले ट्रम्पमाथि अभियोग चलाउने निर्णयअनुसार मंगलबार दिउँसो २ः२७ मा अदालतमा उनीविरूद्धको मुद्दाको सुनुवाइ भएको थियो ।

सुनुवाइको क्रममा अदालत पुगेर ट्रम्पले आत्मसमर्पण गरेका थिए । दिउँसो १ः३० बजे प्रहरीसामु आत्मसमर्पण गरेका उनलाई प्रहरीले ५७ मिनेट नियन्त्रणमा राखेको थियो । यद्यपि, उनलाई हतकडी भने लगाइएको थिएन ।

ट्रम्पलाई अदालतमा उनीमाथि लागेको आरोपबारे पढेर सुनाइएको थियो । त्यसपछि उनले अपराध अस्वीकार गर्दै प्रतिवादी अधिकार सुनिश्चित गर्न अदालतसँग माग गरेका थिए । ३४ विषयमा उनीविरूद्ध मुद्दा चलाइएको छ ।

५७ मिनेटको गिरफ्तारीपछि उनलाई रिहा पनि गरिएको छ । रिहापछि प्रतिक्रिया दिँदै उनले आरोप अस्वीकार गरे । त्यसपछि उनी गृहराज्य फ्लोरिडा उडेका छन् ।

अदालतमा उनीविरूद्धको मुद्दाको सुनुवाइ डिसेम्बर ४ मा तोकिएको छ । अमेरिकामा पूर्वराष्ट्रपतिविरूद्ध फौजदारी अभियोगमा मुद्दा चलेको यो पहिलो हो । आरोप पुष्टि भएमा ट्रम्पलाई ४ वर्षको सजाय हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com