ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहका विवाद टुङ्गो लगाउँदै न्यायिक समिति


एबीसी न्यूज
माघ १६, २०७४ मंगलबार   १ : २०   बजे

बनेपा, १६ माघ  ।  काभ्रेपलाञ्चोक जिल्लाको स्थानीय तहका न्यायिक समितिले आएका विवाद टुङ्गो लगाउन थालेका छन् ।

जिल्लाका केही नगरपालिकामा औपचारिक रुपमा न्यायिक समिति नबने पनि विवाद निरुपणको काम भएको र गाउँपालिकामा आएका विवाद पनि टुङ्गो लगाउन थालिएको छ ।

पाँचखाल नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक लक्ष्मी दनुवारले साँध, सिमाना, बहुविवाह, अंशबण्डा, सम्बन्ध विच्छेदलगायतका १५ वटा विवाद दर्ता भएकामा तीमध्ये १० वटा विवादको टुङ्गो लागिसकेको जानकारी दिनुभयो ।

उहाँले विवाद निरुपण दुईपक्षीय सहमतिका आधारमा भएको उल्लेख गर्दै नगरपालिकाबाट निरुपण हुन नसकेका विवाद जिल्ला अदालत पठाइएको बताउनुभयो ।

हामीले दुई पक्षलाई राखेर सहमति गराउनमै जोड दिँदै आएका छाँै, सहमति नभए पीडित अदालत जान्छन्, उहाँले भन्नुभयो ।

स्थानीय तहमा नगरपालिकाका उपप्रमुख तथा गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति हुन्छ ।
धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माले नगरपालिकामा न्यायिक समिति निर्माणको काम अझै बाँकी रहे पनि झै झगडा, साँध, सिमाना, सम्बन्ध विच्छेद र जग्गा विवादका विवाद टुङ्गो लगाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “न्यायिक काम गरिरहेका छाँै तर न्यायिक समिति निर्माण भने भएको छैन ।” उपप्रमुख शर्माले नगरसभाबाट न्यायिक समिति निर्माणको काममा ढिलाइ भएपनि विवाद निरुपणको काम रोकिएको छैन भन्नुभयो ।

भुम्लु गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक कल्पना श्रेष्ठले सम्बन्ध विच्छेद, घरेलु हिंसा, साँध–सिमाना, अंशबण्डालगायतका विवाद तथा आएका र तीमध्ये अधिकांश विवाद टुङ्गो लगाइएको जानकारी दिनुभयोे । उहाँले भन्नुभयो, “स्थानीय तहबाट टुङ्गो लगाउन नसकेका विवाद अदालतमा जान सुझाव दिएका छौँ ।”

संविधानको धारा २१७ मा नगरपालिकाका उपप्रमुख र गाउँपालिकाको उपाध्यक्ष न्यायिक समितिको संयोजक रहने प्रावधान छ । जिल्लामा छ नगरपालिका र सात गाउँपालिकासहित १३ स्थानीय तह छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

विद्युत् उपभोगमा भ्याट लगाएर जनताको ढाड सेक्न खोजियो : शङ्कर पोखरेल

पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो

विद्युतीय सवारीमा ‘करको प्रहार’: वातावरणमैत्री नीति कि उपभोक्तामाथि दोहोरो मार?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group