ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाह्र दिनसम्म सुत्केरीको पाठेघरमा ‘प्याड’


एबीसी न्यूज
माघ १६, २०७४ मंगलबार   ११ : १०   बजे

बागलुङ, १६ माघ ।  धौलागिरि अञ्चल अस्पताल, बागलुङले प्रसूति सेवामा गम्भीर खेलवाड गरेको पाइएको छ ।

जिल्लाको जैमिनी नगरपालिका–१, कुश्मीसेराकी ३० वर्षीया सुष्मा थापामगर सुत्केरी हुँदा पाठेघरमा छोडिएको ‘प्याड’ १२ दिनपछि आइतबार निकालिएको छ । प्रसूतिपछि रक्तस्राव रोक्न प्रयोग गरिएको ‘प्याड’ पाठेघरभित्रै छोडेर स्वास्थ्यकर्मीले टाँका लगाइएका थिए । स्वास्थ्यकर्मीको चरम लापरबाही र असावधानीका कारण थापामगरले गम्भीर स्वास्थ्य समस्या झेल्न बाध्य हुनुपरेको छ ।

साधारण प्रसूतिपछि पनि समस्या बल्झिँदै गएपछि अस्पतालमा जाँच गराउँदा पाठेघरमा ‘प्याड’ भेटिएको उहाँका श्रीमान् किरण थापाले बताउनुभयो ।

“सुत्केरी हुँदाको घाउ निको होलाभन्दा झन् बल्झियो, पीडा पनि कम भएन” थापाले भन्नुभयो “अहिले थाहा भयो कारण यस्तो रहेछ ।” शुरुमा चिकित्सकको परामर्शमा घाउ सुकाउन र दुखाइ कम गर्न औषधिसमेत चलाइएको उहाँको भनाइ छ । योनीद्वारबाट पिपजस्तो गन्हाउने पानी बग्न थालेपछि परिवारले पुनः परीक्षणको लागि अञ्चल अस्पताल लगेका थिए ।

पछिल्लो समय थापामगरलाई पिसाब फेर्नसमेत कठिन हुँदै गएको थियो । “अरुलाई समस्याभन्दा सुत्केरी हुँदा सामान्य दुखाइ हुन्छ भन्थे”, सुत्केरी अवस्थाकी थापामगरले भन्नुभयो, “सोच्दै नसोचेको कुरा भएको रहेछ, पाठेघरमा सडेको प्याडले इन्फेक्सन गराउँछ कि भन्ने डर छ ।”

स्वास्थ्यकर्मीले कमजोरी स्वीकार्नुको सट्टा उल्टो अभद्र व्यवहार गरेको उहाँको गुनासो छ । “सफा गरेपछि तत्कालै प्याड निकाल्नुपर्ने, अस्पतालको कति ठूलो लापरबाही !”, उहाँले भन्नुभयो ।

अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले भन्नुभयो आफूलाई उक्त घटनाबारे केही थाहा नभएको प्रतिक्रिया दिनुभयो । प्रसूतिमा हुने रक्तस्राव रोक्न प्रयोग गरिने प्याड केही समयमै निकालिने उहाँको भनाइ छ । “घटनाबारे हामी बुझ्छौँ, प्रसूतिमा संलग्न चिकित्सक र नर्ससँग जानकारी लिने काम हुन्छ” उहाँले भन्नुभयो । सुत्केरी महिलाका परिवारजन र आफन्तले अस्पतालको लापरबाहीप्रति आक्रोश व्यक्त गरेका छन् ।

यस्ता घटनाले अस्पतालप्रतिको जनविश्वासमा ह्रास आउने जैमिनी नगरपालिका–७ जैदीका विजय रानाले बताउनुभयो । घटनाको जिम्मा लिएर आउँदा दिनमा गल्ती दोहोरिन नदिन अस्पताल प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ छ । धौलागिरि अञ्चल अस्पताल जिल्लामै सबैभन्दा बढी संख्यामा प्रसूति गराउने स्वास्थ्य संस्था हो । यस अस्पतालमा शल्यक्रिया सेवामार्फत पनि प्रसूति गराउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विद्युतीय सवारीमा ‘करको प्रहार’: वातावरणमैत्री नीति कि उपभोक्तामाथि दोहोरो मार?

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विद्युतीय सवारीमा ‘करको प्रहार’: वातावरणमैत्री नीति कि उपभोक्तामाथि दोहोरो मार?

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

नयाँ कर प्रणालीले विद्युतीय गाडीको मूल्य ४० लाखसम्म बढ्ने

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group