ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विनोद चौधरीको राजनीतिक सचिवालयलाई बेलायती सांसदको प्रशिक्षण


एबीसी / संवाददाता
चैत्र ५, २०७९ आईतबार   ९ : २३   बजे

काठमाडौँ, ५ चैत । संयुक्त अधिराज्य बेलायतका सांसद (हाउस अफ कमन्स) वीरेन्द्र शर्माको सचिवालयका उच्च अधिकारीले नेपाली सांसद विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई संसदीय मामिला व्यवस्थितरूपमा सञ्चालन गर्नेबारे प्रशिक्षण दिएका छन् ।

आज काठमाडौँमा सांसदको भूमिकालाई संसद्मा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे सांसद चौधरीको सचिवालयका अधिकारीहरूलाई प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा बेलायती सांसद शर्माले सांसदलाई प्रभावकारी बनाउने मुख्य जिम्मेवारी नै सचिवालयको हुने बताए । सचिवालय प्रभावकारी बने मात्र सांसदले आफ्नो भूमिका प्रभावकारीरूपमा वहन गर्न सक्ने उनले बताए । कुनै पनि सांसदको सचिवालयले बहन गर्ने भूमिका बृहत्तररूपमा देशका लागि हुने भएकाले सचिवालयका अधिकारीले पनि उत्तिकै जिम्मेवार भावनाका साथ काम गर्न आवश्यक रहेकामा उनको जोड थियो ।

“सांसद एक्लैले गरेर केही हुँदैन । सांसदलाई सफल बनाउने भनेको उसको निजी सचिवालय कति प्रभावकारी र सक्षम छ भन्ने कुरामा निर्भर हुन्छ”, सांसद शर्माले भने, “बेलायती संसद्मा रहेर काम गरिरहँदा मेरो अनुभव पनि यही हो । मेरो सचिवालय प्रभावकारी नरहेको भए म हाउस अफ कमन्सको प्रभावकारी सांसद बन्न सम्भव थिएन ।”

बेलायती सांसद शर्माका सहयोगी डमिनिक मोफिटले कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चौधरीको राजनीतिक सचिवालयलाई आफ्नो अनुभव सुनाए । बेलायतमा सांसदलाई सरकारबाट चारजना कर्मचारीको व्यवस्था हुने गरेको उनले बताए । “उनीहरूको जिम्मेवारी पनि तोकिएको हुन्छ । टोलीमा सबैले आफ्नो जिम्मेवारीअनुसार काम गर्छन्”, उनले भने, “काममा दोहोरोपन हुनुभएन । टीमवर्कमा विश्वास हुनुपर्छ ।”

कांग्रेस सांसद चौधरीले निर्वाचन क्षेत्रका विषय सम्बोधनदेखि राष्ट्रिय मुद्दामा संसद्मा प्रभावकारीरूपमा उठाउन राजनीतिक टोलीको आवश्यकता औँल्याए । “हामीले निर्वाचन क्षेत्रका मुद्दाहरूमा पनि काम गर्नुपर्छ । त्यस्तै, राष्ट्रिय विषय उठाउनुपर्छ । त्यसका लागि छुट्टै राजनीतिक सचिवालय स्थापना गरेका हौँ”, उनले भने । बेलायतका सांसदको राजनीतिक सचिवालयको अनुभवले आफूहरूलाई पनि लाभ हुने सांसद चौधरीको विश्वास थियो ।

कांग्रेस सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र नवलपरासी–१ बर्दघाटमा जनसम्पर्क सचिवालय स्थापना गरेका छन् भने काठमाडौँमा राजनीतिक सचिवालय बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group