ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्काल संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन पारित हुनुपर्छ : अध्यक्ष यादव


एबीसी / संवाददाता
फाल्गुन १८, २०७९ बिहीबार  ८ : ३३ बजे

धनुषा, १८ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारले तत्काल संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन पारित गर्नुपर्ने बताएका छन् ।

जनकपुरधाममा मधेस प्रज्ञा–प्रतिष्ठान कार्यालयको शुभारम्भ गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेको यादवले यी दुई ऐन पारित गर्न नसके संघीयताको जगमा बनेको वर्तमान सरकार पनि फेल हुने तर्क गरे ।

यादवले भने, “प्रदेश सरकारले आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र स्रोतसाधन नहुँदा चाहेअनुसार काम गर्न सकेका छैनन् । एउटा आर्मीको गार्ड लिएर घुम्दैमा सरकार हुँदैन । आफ्नो प्रहरी प्रशासन, कर्मचारी, कानुन, अदालत र स्रोत चाहिन्छ ।”

संघीयता र लोकतन्त्रको विकल्प एकात्मक प्रणाली हुन नसक्ने बताउँदै अध्यक्ष यादवले संघीयता मधेसी समुदायसहित पछाडि परेका वर्गको भविष्यसँग गाँसिएकाले यसको रक्षाको विकल्प नरहेको बताए ।

उनले अझै पनि खस शासकले संघीयता नचाहेको चर्चा गर्दै मुलुकलाई एकात्मक प्रणालीमा लग्न खोजेको आरोप लगाउँदै त्यस्तो अवस्था आउन नदिने बताए । यादवले भने, “सङ्घीयताको विकल्प एकात्मक प्रणाली हुँदैन, संघीयतालाई समाप्त पार्न खोज्ने आफैँ समाप्त भएर जानेछन् ।”

अध्यक्ष यादवले नेपालमा सात वटा प्रदेशमध्ये पहिचानमा आधारित र संघीयताको जननी प्रदेश मधेस मात्र भएकाले मधेस प्रदेशले विगतका कमीकमजोरी सुधार गरी अघि बढ्नुपर्ने बताए । यादवले भने, “हामी चुक्नु हुँदैन । हामी चुक्यौँ भने संघीयता र गणतन्त्र दुवै धरापमा पर्छ ।”

कार्यक्रममा मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वतमान मधेस सरकारले बनाएको आयोग र प्रतिष्ठान कमाई खाने भाँडो मात्र सावित भइरहेको टिप्पणी गरे । उनले प्रतिष्ठान र आयोग बने पनि काम गर्न नसकेको र तलब भत्ता मात्र पकाउने काम भइरहेको दाबी गरे ।

प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडीको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक विकासमन्त्री सुरिता साह, अर्थमन्त्री सञ्जयकुमार यादव, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साह, समाजिक विकास मन्त्रालका सचिव, मधेस सरकारका मुख्य न्यायधिवक्ता वीरेन्द्र ठाकुर, प्रष्ठिानका सदस्यद्वय गोपाल ठाकुर र दिनेश यादवसहितको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com