ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कामपाको विकास सहायता कार्यक्रमका लागि ८९ वटा प्रस्ताव छनोट


एबीसी / संवाददाता

काठमाडौँ, २६ माघ । काठमाडौँ महानगरपालिकाको विकास सहायता कार्यक्रमका लागि ८९ वटा प्रस्ताव छनोट भएका छन् । उक्त कार्यक्रमको लागि जम्मा दुई सय चार वटा प्रस्ताव परेको थियो ।

आज कामपाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सामाजिक समितिको बैठकले बजेटको सीमाभित्र परेका अधिकतम अंक प्राप्त गर्ने र कागज तथा प्रमाण पूरा भएका प्रस्ताव छनोट गरेको जानकारी दिइयो ।

प्राप्तमध्ये आङ्शिक कागजपत्र र प्रमाण नपुगेका एक सय तीन वटालाई प्रतीक्षा सूचीमा राखिएको छ । एक सय अंकमा गरिएको मूल्यांकनका सूचकमा कार्य अनुभव, जनशक्ति, कार्यक्रम अवधि, प्रस्तावित कार्यक्रममा सहभागी हुने लक्षित वर्ग र सङ्ख्या, भौतिक संरचना, रोजगारी, लागत सहभागितालगायत शीर्षकमा अंक प्रदान गरिएको थियो ।

बैठकले सचेतनामूलक कार्यक्रमका लागि दुई लाख ५० हजार र रोजगारमूलक कार्यक्रमका लागि पाँच लाख उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको छ । अनुदान प्राप्त गर्नेले सम्झौतापछि ६० प्रतिशत र कार्य सम्पन्न भएको प्रतिवेदन पेश गरेपछि बाँकी ४० प्रतिशत रकम पाउनेछन् । गत पुस २१ गते बसेको समितिको बैठकले प्राप्त प्रस्ताव मूल्यांकन गर्न वडा नम्बर २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा सूचक निर्धारण तथा छनौट समिति गठन गरेको थियो । समितिको सदस्यमा कार्यपालिका सदस्य महेश नेपाली र ललिता खड्गी थिए ।

कामपामा कार्यक्षेत्र भएका गैरसरकारी संघ संस्थाले गर्ने क्षेत्रगत कामलाई संस्थागत र व्यवस्थित बनाउन महानगरपालिकाले गएको मंसिर १ गते सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरेको थियो । दश वटा क्षेत्रगत कार्यक्रममध्ये सबैभन्दा धेरै विभिन्न संघ संस्था, फाउण्डेसन, प्रतिष्ठान, एकेडेमीलाई कार्यक्रम सहयोग क्षेत्रमा ६४ प्रस्ताव परेका थिए । एक करोड विनियोजित कार्यक्रमका लागि ३७ वटा प्रस्ताव छनौट गरिएको छ भने २७ वटा प्रस्तावलाई प्रतिक्षा सूचीमा राखिएको छ ।

‘नमुना छात्रा सांसद कार्यक्रम’ का लागि एउटै मात्र संस्थाको प्रस्ताव परेको थियो । यो छनौट भएको छ । यो कार्यक्रमका लागि १० लाख विनियोजित छ । एक करोड विनियोजन भएको ‘खेलकुदसँग सम्बन्धित विभिन्न संघ संस्थालाई कार्यक्रम सहयोग’ मा २७ प्रस्ताव आएका पर्छन् । तीमध्ये १२ छनौट भएका छन् भने १५ प्रतीक्षा सूचीमा छन् ।

‘लागुऔषध, मानव बेचविखन, ओसारपसार नियन्त्रण, लैंगिक हिंसा विरुद्धको अभियानलगायत सचेतनामूलक कार्यक्रम’ का लागि २५ लाख छ । यस क्षेत्रका लागि ६१ वटा प्रस्ताव पेस भएका थिए । तीमध्ये १४ छनौट भएका छन् र ४७ प्रतीक्षा सूचीमा छन् । २० लाख विनियोजित ‘अपांगताको क्षेत्रमा कार्य गर्ने संस्थासँग सहकार्य’ कार्यक्रममा १३ प्रस्ताव परेका थिए । यीमध्ये नौ वटा छनौट भएका छन् । चार प्रतीक्षा सूचीमा छन् ।

‘विभिन्न स्रष्टाहरूको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षयकोष अनुदान’ शीर्षकमा २० लाख विनियोजन गरिएको छ । यस क्षेत्रका लागि तीन वटा प्रस्ताव पेश भएका छन् । ‘अटिजम, डाउन सिन्ड्रोम, सेरेब्रलपाल्सी र मस्तिष्क पक्षघात भएका बालबालिका लक्षित कार्यक्रमका लागि विभिन्न सङ्घ संस्थालाई सहयोग’कार्यक्रमका लागि सात वटा संघसंस्थाको प्रस्ताव परेको थियो । यस शीर्षकमा ६० लाख विनियोजित छ ।

त्यसैगरी २० लाख विनियोजित ‘अपांग लक्षित खेलकुद कार्यक्रम’ का लागि चार वटा प्रस्ताव पेश भएका थिए । यीमध्ये दुई वटा छनौट भएका छन् । दुई वटा प्रतीक्षा सूचीमा छन् । ‘दलित लक्षित कार्यक्रम सञ्चालन एवं सहयोग कार्यक्रम’ मा आठ वटा प्रस्ताव पेश भएका थिए । ५० लाख बजेट विनियोजन भएको यस शीर्षकमा छ वटा छनौट भएका छन् । दुई वटा प्रतीक्षा सूचीमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

तुलसीपुर उपमहानगरपालिकाले नक्सापास नगर्नेको सेवा कटौती गर्ने

दुई सय २२ किलो नक्कली मह नष्ट

दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

भैरहवा : बन्ला त फूलै फूलको सहर ?

चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com