ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टुकीको भरमा नगरको वडाभित्रका बासिन्दा


एबीसी न्यूज
माघ १२, २०७४ शुक्रबार   ९ : २५   बजे

पाल्पा, १२ माघ । लघु जलविद्युत् आयोजना बन्द भएसँगै रामपुर नगरपालिका–१, स्याउलीबजारका स्थानीयवासी टुकीको भरमा रात बिताउन बाध्य छन् ।

बन्द लघुजलविद्युत् आयोजना चार वर्षसम्म सञ्चालनमा आउन नसकेपछि स्थानीयवासी अँध्यारोमा बस्नुपर्ने बाध्यतामा छन् । टुकीको उज्यालोमा रातमा काम गर्नुपर्ने र ससाना बालबालिकालाई पढ्न समस्या भएको छ ।

स्याउलीबजारका स्थानीयवासी सुनिल श्रेष्ठले बन्द आयोजना बिग्रेको चार वर्षसम्म कहीँकतैबाट मर्मतका लागि पहल हुन नसक्दा टुकीको भरमा रात बिताउनु पर्ने बाध्यता नहटेको बताउनुभयो ।

स्थानीय खोलाबाट निकालेको विद्युुत्ले रातमा उज्यालो बनेको थियो । अहिले आयोजना मर्मत हुन नसक्दा फेरि ७५ घरपरिवार अँध्यारोमा रात बिताउनुपर्ने अवस्था टरेको छैन । लघु जलविद्युत् आयोजना सञ्चालनमा आउन नसक्दा रेडियो, टेलिभिजन, मोबाइल, लाइटलगायतका सामान प्रयोगमा ल्याउन समस्या भएको छ ।

स्थानीयवासी दानस मल्लले साखदीखोला गडहर पेल्ट्रीक सेटको पानी पनि सानो भएकोले आयोजना सञ्चालनमा समस्या भएको बताउनुभयो । विद्युत् क्षमता १.५ किलोवाट मात्र रहेको तर मानिसले बत्तीसँगै मोबाइल र रेडियो, टेलिभिजनको समेत प्रयोग गर्दा विद्युत्ले धान्न नसकेर मेसिन बिग्रेको हो ।

स्थानीयवासीले मर्मतका लागि पैसा उठाउन नमान्दा र स्थानीय तहबाट सहयोग प्राप्त हुन नसक्दा मर्मत कार्य अधुरो रहँदा अँध्यारोमा बस्न बाध्य भएका छन् । मल्लका अनुसार रामपुर नगरपालिकाको विद्युत्को पहँुचदेखि बाहिर रहेको वडाका रुपमा रामपुर–१ लाई लिने गर्दछन् ।

रामपुर नगरपालिका–१ मा करिब ७५२ घरधुरी रहेका छन् जसमध्ये ७५ घरपरिवारका लागि सञ्चालित आयोजना अहिले बन्द भएको छ । सिंगो वडामा ४० घरपरिवारको घरमा मात्र विद्युत् सुविधा रहेको स्थानीय बासिन्दा विष्णु थापाले बताउनुभयो ।

रातिको समयमा मोबाइल, रेडियो, लाइटलगायतका विद्युतीय सामानको प्रयोग गर्न पाएपनि दिनभरि विद्युत हँुदैन । साखदीखोला लघु जलविद्युत् उपभोक्ता समितिले प्रतिवत्तिको मासिक रु ३० लिने व्यवस्था छ ।

वडाध्यक्ष मित्रलाल कँडेलले यस आवमा विद्युत्का लागि वडाभरि नै सर्वे गर्ने काम सम्पन्न गरिसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

नयाँ कर प्रणालीले विद्युतीय गाडीको मूल्य ४० लाखसम्म बढ्ने

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group