ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रबिका मन्त्रीको कीर्तिमान: सिंहदरबारमा श्रममन्त्री, बजारमा इजीलिंक रेमिट्यान्स कम्पनीको सीईओ


ABC NEWS
माघ ३, २०७९ मंगलबार  ६ : ४१ बजे

काठमाडौ ३ माघ ।वैदेशि रोजगारीमा गएका नेपालीले पैसा पठाउने एउटा रेमिट्यान्स कम्पनीका सीईओ डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति तथा सोही पार्टीबाट समानुपातिक सांसद बनेका अर्याल इजीलिंक रेमिट्यान्स कम्पनी सीईओ हुन्। विभिन्न क्षेत्रमा रहेका विज्ञताका आधारमा आफूहरूले मन्त्री पठाउने बताउँदै आएको स्वतन्त्र पार्टीले रेमिट्यान्स कम्पनीका सीईओलाई श्रममन्त्री बनाएर प्रत्यक्ष स्वार्थ बाझिने अर्को काम गरेको छ । यस अघि सभापति रबि लामिछाने आफू विरुद्धको किर्ते नागरिकता र दोहरो पसासपोर्टको छानविन गरिरहेको गृहप्रशासन लाई प्रभावित गर्नेगरी गृहमन्त्री बनेका थिए ।

मन्त्री अर्याल सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेका संगै वैदेशिक रोजगारीलाई मर्यादित बनाउने बताएका छन् ।

dolprasad aryal.jpg

विदेश जाने क्रम त्यो दिन रोकिन्छ जब सबैमा रोजगारी सिर्जनाका लागि इमान्दारीताका साथ काम गर्ने जिम्मेवारी बोध हुन्छु उनले भनेका छन्, मानिसहरू बाध्यताले होइन चाहेर मात्रै रमाइलोका लागि विदेश जाने अवस्था सिर्जना गर्नुपर्छ भन्ने हाम्रो सोच हो।

हामीले प्राइभेट व्यवसायीलाई विधि र विधानमा बसेर व्यवसाय गर्नुहुन्छ भने प्रोत्साहन गर्नुपर्छ तर त्यसको मतलब नागरिकलाई दुँख दिने गरेर कमाउनु हुँदैन भन्ने हो भन्दै मन्त्री अर्यालले पद वहाल गरेकै अवसरमा अभिव्यक्ति दिएका छन् ।

मन्त्री पदको शपथसँगै पदभार ग्रहण गर्दासमेत अर्याल इजीलिंक रेमिट्यान्स कम्पनीको आधारिक वेवपेजमा कम्पनीको सीईओका रुपमा नै रहेको देखिन्छ।
अर्यालले भने आफू मजदुरदेखि मन्त्री सम्म पुगेको भन्दै सफलताको कथा जसरी एउटा प्रचार सामग्री प्रवाहित गरेका छन् ।

रेस्टुरेन्टको सामान्य मजदुरदेखि मन्त्रीसम्मको यात्रा
धादिङमा निम्न परिवारमा जन्मिएका अर्यालले शिक्षा, पर्यटन, वैदेशिक अध्ययन, सहकारी र रेमिटेन्सको क्षेत्रमा लामो समय काम गरिसकेका छन् । पछिल्लो समय, पर्यटन उद्योग, रेमिटेन्स सेवा र समाजसेवामा सक्रिय अर्याल समानुपातिक सूचीबाट संघीय सांसद बनेका थिए ।

धादिङ जिल्ला साबिकको मैदी गाविस र हालको ज्वालामुखी गाउँपालिकाका अर्याल एक सामान्य गरिब परिवारमा जन्मिएका व्यक्ति हुन् । बि।स। २०३२ सालमा जन्मिएका अर्याल २०४९ सालपछि मात्रै काठमाडौँमा प्रवेश गरेका थिए । रोजगारीका लागि काठमाडौँ प्रवेश गरेका अर्यालले रेस्टुरेन्टमा सामान्य मजदुरको रूपमा काम गर्नेदेखि इजिलिंक रेमिटेन्सको सिईओसम्मको जिम्मेवारी पूरा गरिसकेका छन् ।

२०५३ सालमा वैदेशिक रोजगारीका लागि जापान पुगेका अर्यालले जापानमा करिब ८ वर्ष काम गरेका छन् । जापानबाट फर्किएपछि पर्यटन पेसामा होमिएका अर्यालले सोही समयमा पर्यटनसँगै वैदेशिक अध्ययनका लागि कन्सल्टेन्सी सेवा, सहकारी र शिक्षा क्षेत्रमा पनि एकैपटक लगानी गरी सक्रिय भएका थिए ।

जापानबाट फर्किएपछि सुमिरे टुर्स एण्ड ट्राभल्स, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कूल, जनसागर बचत तथा ऋण सहकारी संस्था र इजिलिंक रेमिटेन्समा पनि लगानी गरी स्वदेश तथा विदेशमा रोजगारी दिने, वैदेशिक मुद्रा भित्राउने लगायतका काम गरेका छन् ।

पछिल्लो समय समाजसेवामा समेत सक्रिय रहेका अर्यालले कालिकोटमा रास्कोट सामुदायिक अस्पताल बनाउने कार्यमा समेत महत्त्वपूर्ण भूमिका खेलेका थिए । कोरोनाको समयमा अक्सिजन सिलिन्डर वितरणदेखि राहत र उद्धारमा उनले सक्रियता देखाएका थिए ।

श्रममन्त्री अर्याल करिब २ दशकदेखि पर्यटन र सहकारी क्षेत्रमा सक्रिय छन् भने करिब १५ वर्षदेखि रेमिटेन्स सेवामा प्रत्यक्ष संलग्न रहेका व्यक्ति हुन् । इजिलिंक रेमिटेन्समा सिइओ भई काम गरिसकेका अर्याल व्यवस्थापनको क्षेत्रमा दक्षता राख्छन् ।

जनसागर बचत तथा ऋण सहकारी संस्थामा अध्यक्ष भई काम गरिसकेका अर्याल सुमिरे टुर्स एण्ड ट्राभल्स, हेम्स स्कूल र योकोहामा जापानिज ल्याङग्वेज एकेडेमीमा निर्देशक भई काम गरिसकेका छन् । अर्याल आफै पनि वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्ति भएका कारण वैदेशिक रोजगारीको दुख र समस्यासँग जानकार व्यक्ति हुन् ।

लामो सदयदेखि इजिलिंक रेमिटेन्सको सञ्चालन गरिरहेका अर्याल खाडी मुलुकबाहेक जापान, कोरिया लगायतका देशका नेपाली श्रमिकको समस्याबारे जानकार छन् ।

यसअघि राजनीतिमा नजोडिएका अर्याल ‘विकृत’ राजनीतिक अवस्थाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर राजनीतिमा होमिएको बताउँछन् । पार्टीले श्रममन्त्रीको जिम्मेवारी दिएपछि आफूमाथि थप जिम्मेवारी थपिएको भन्दै स्वदेशी तथा विदेशमा रहेका श्रमिकको पक्षमा काम गर्ने बताएका छन् । सकेसम्म स्वदेशमै रोजगारीको सिर्जना गराउने र बाध्यात्मक अवस्थामा मात्रै वैदेशिक रोजगारीमा जाने वातावरण निर्माण गर्न काम गर्ने अर्यालले बताए ।

 

भ्रष्टाचार मुद्दा विचाराधीन ठेकेदार पाण्डेलाई स्वार्थ बाझिने गरी शहरी मन्त्रालय किन ?

राप्रपा र रास्वपा एउटै सिक्काका दुई पाटा,महिलालाई दोस्रो दर्जा, मन्त्री सबै उच्च जातिय पुरुष

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com