ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार मुद्दा विचाराधीन ठेकेदार पाण्डेलाई स्वार्थ बाझिने गरी शहरी मन्त्रालय किन ?


ABC NEWS

 

काठमाडौं ३ माघ । विचाराधीन भ्रष्टाचार मुद्दाका आरोपित राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेलाई शहरी विकास मन्त्रालय दिएर अर्को एउटा स्वार्थ बाझिने मन्त्री थपिएका छन् ।
यस अघि पुस ११ गते मन्त्रिपरिषद् गठन गर्दा नागरिकता किर्तेमा मुद्दा खेपिरहेका रवि लामिछानेलाई स्वार्थ बाझिने गरी गृहमन्त्री बनाएको थियो ।
भ्रष्टाचारको अभियोगमा मुद्दा खेपिरहेका विक्रम पाण्डेलाई शहरी विकास मन्त्रालयको जिम्मा दिइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष समेत रहेका पाण्डे निर्माण कम्पनी ‘कालिका ग्रूप’ का मालिक हुन्।
सिक्टा सिंचाइ आयोजनाको ठेक्का पाएको पाण्डेको कम्पनीले भ्रष्टाचार गरेको आरोप छ। कालिका ग्रूपले अन्य निर्माण कम्पनीसँग मिलेर सिक्टा सिंचाइ आयोजनाको ठेक्का पाएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त आयोजनामा दुई अर्ब १३ करोड ७६ लाख रुपैयाँ अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

गत असारमा विशेष अदालतले अभियोगबाट पाण्डेले सफाइ पाएका थिए । अख्तियारले सर्वोच्च अदालतमा पाण्डे विरुद्धको मुदा पुनरावेदनको तयारी गरेको अख्तियार स्रोतले बताएको छ ।

देवानी दायित्व भएकाले फौजदारी दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको विशेष अदालतले ६ महीनासम्म पूर्ण पाठ नदिंदा अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दायर गर्न सकेको छैन। यद्यपि‚ अख्तियारले पुनरावेदन गर्ने निश्चित भएकाले मुद्दा विचाराधीनकै हैसियतमा छ।
पाण्डेमाथि लागेको अभियोगमा माथिल्लो अदालतमा न्यायिक परीक्षण हुनै बाँकी छ भने अर्कातिर विकास निर्माणका धेरै काम हुने मन्त्रालय उनकै पोल्टामा पुगेको छ। चुनावी अभियानका क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनले ठूला दलका नेताहरु चोर रहेको चर्को भाषण गर्दै आएका थिए । तर उनै लिंगदेनले चोर भन्ने गरेको पदवीका आफनै उपाध्यक्ष विक्रम पाण्डेलाई मन्त्री बनाएर कथनी र करनीमा दोहोरो चरित्र देखाएका छन् । मन्त्री पदको बहालीसंगै पशुपति पुगेर राप्रपाका मन्त्रीहरुले यस्तै मन्त्रालय पाइरहुं प्रभु भनेर भाकल गरे कि प्रायश्चित भन्ने समयक्रममा देखिंदै जाला ।

May be an image of 4 people and people standing

पाण्डे निर्माण कम्पनीको अध्यक्ष र शहरी मन्त्री दुवै हैसियतमा रहँदा प्रत्यक्ष र अप्रत्यक्ष गरी दुवैखाले स्वार्थको द्वन्द्व सिर्जना हुने स्वत स्पष्ट छ ।

शहरी विकास ठूला विकास निर्माणका थुप्रै काम हुने मन्त्रालय भएकाले भविष्यमा जहिलेसुकै मन्त्री पाण्डेको स्वार्थको द्वन्द्व रहन्छ नै ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

काठमाडौं, २४ माघ । निर्वाचनपश्चात नयाँ सरकारको बनेको ४२ दिनमै पूनः सरकार अस्थिर अवस्थामा पुग्ने संकेत देखिएको छ । सरकारमा दलहरुबीचको सहमतिमा बनेको गठबन्धन सरकारबाट

सम्बन्धित

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

ओलीको बाध्यता र प्रचण्डको आवश्यकतामा प्रधानमन्त्रीको पद उकुसमुकुस (भिडियो)

भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर

किन समयमै सम्पन्न हुदैनन् राष्ट्रिय गौरवका दर्जनौं आयोजना ? (भिडियोसहित)

भूकम्पले टर्की र सिरियामा मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो, १२ हजारभन्दा बढी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com