ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैकल्पिक सडक निर्माण


एबीसी न्यूज
माघ ११, २०७४ बिहीबार   १ : ४५   बजे

म्याग्दी, ११ माघ ।  म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डमा वैकल्पिक सडक निर्माण भएको छ ।

बेनी नगरपालिका–७ महारानीथान हँुदै ६ नम्बर वडाको जरबुटा, ५ नम्बरको सेतोढुंगा र ४ नम्बरको डाँडाखेत हँुदै ठूलोखोला जोड्ने सडक निर्माण भएको हो । नौ वर्षअघि बाटो खोल्न शुरु भएको सडक आयोजनाले हालै मात्र पूर्णता पाएपछि ठूलोखोला–बेनी खण्डमा सवारी सञ्चालन गर्न सकिने भएको छ ।


११.५ किलोमिटर दूरीको यो सडक बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक भएको उपभोक्ता समितिका अध्यक्ष मुक्ति खड्काले बताउनुभयो । सडकबाट बेनी नगरपालिकाको जरबुटा, सेतोढुंगा, भिरमुनि, डाँडाखेत, राक्से र ठूलोखोलाका बासिन्दा लाभान्वित भएका छन् ।

पहिला साँघुरो र ग्रेड नमिलेको बाटो मात्र खोलिएको सडकलाई बेनी नगरपालिकाको सहयोगमा फराकिलो र सुधार गरेपछि जिप, माइक्रोबस, ट्र्याक्टर चल्न सक्ने भएको छ । उक्त सडकलाई नगरपालिकाले चालू आवमा रु १० लाख विनियोजन गरेको छ ।

पहिलो चरणको काम अन्तिम चरणमा पुगेको र योजनालाई निरन्तरता दिन सडक बोर्डको कार्यक्रमबाट थप रु १० लाख पनि विनियोजन भएको बेनपा–६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले बताउनुभयो । सडक निर्माण भएपछि स्थानीयवासीले बेनी आउन जानका साथै कृषिउपज ढुवानी गर्न राहत मिलेको छ ।

पैदल एक घण्टा हिँड्नुपर्ने बाटो मोटरसाइकल, जिप चढेर २० मिनेटमै पूरा गर्न सकिने भएको अध्यक्ष खड्काले बताउनुभयो । बेनीदेखि ठूलो खोलासम्म कुनै कारणले बेनी दरवाङ सडक अवरुद्ध हुँदा यो सडकलाई विकल्पको रुपमा प्रयोग गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

नयाँ कर प्रणालीले विद्युतीय गाडीको मूल्य ४० लाखसम्म बढ्ने

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group