ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भजन घर निर्माणका लागि तत्काल रु २० लाख दिने


एबीसी न्यूज
माघ ११, २०७४ बिहीबार  १ : ३९ बजे

काठमाडौँ, ११ माघ । पुरातत्व विभागले काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घर निर्माणका लागि तत्काल रु २० लाख दिने भएको छ ।

गत पुस २८ गते राति भएको आगलागीका कारण क्षति भएको उक्त घरको स्वरूप नमासिने गरी निर्माण गर्न सो रकम उपलब्ध गराउने र नपुग रकम अर्को वर्ष थप गर्ने विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

दोस्रो चौमासिक पनि सम्पन्न हुन लागेकाले विभागले अहिले नै उक्त शीर्षकमा धेरै रकम खर्च गर्न नसकेको हो । भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भइ हस्तकला, फर्निचर, भजनका सामग्रीलगायत नष्ट भई करिब रु ३० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले शाक्यमुनि गौतमबुद्धले दिएका उपदेशलाई साँगितीक रूपमा प्रस्तुत गरीे संस्कृतिको शुरुवात गरिएको ऐतिहासिक भजन घर चाँडो निर्माण गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बुद्धले आफ्नो जीवनकालमा दिएका शिक्षा तथा सन्देशलाई संग्रह गरी तीन भागमा विभाजन गरी त्रिपिटकको विकास गरिएको थियो । पछिल्लो समयमा यिनै ज्ञानलाई गीतका भावमा भजन बनाएर स्रोतालाई सुनाउन विकास गरिएको पद्धतिलाई ज्ञानमाला भनिन्छ । थेरवादी बौद्ध धर्मावलम्बीले विभिन्न बौद्धस्तोत्रलाई संगीतमय वातावरणमा गाइरहेको भजनले बौद्ध शिक्षाको प्रवद्र्धनमा सहयोग पु¥याएको छ ।

विसं १९९४ मा स्वयम्भू महाचैत्यबाट भिक्षु तथा उपासकले बुद्ध वचनका विभिन्न आयामलाई समेटेर शिक्षा दिने उद्देश्य राखेर ज्ञानमाला भजनको विकास भएको इतिहास छ ।

बुद्धले अनुभव गरेका विषयवस्तु तथा ज्ञानका आधारमा विकास भएका, त्रिरत्न, चार आर्य सत्य, पञ्चशील, आठ मार्गलगायत अधिकांश विषय उक्त भजनमा समावेश गरिएको छ । बौद्ध साहित्यमा ज्ञानमाला भजनको ठूलो महत्व भए पनि यसलाई फैलाउन सकिएको छैन ।

कामपा–१५ का वडाअध्यक्ष ईश्वरमान डंगोलले त्यस क्षेत्रमा देश विदेशबाट आउने भक्तजनको संख्या दिन प्रतिदिन बढ्दै गएकाले पनि जीर्ण रहेका सम्पदास्थलको मर्मत तथा सम्भार छिट्टै गर्न आवश्यक रहेको बताउनुभयो ।

विशेषगरी हिन्दू तथा बौद्धले आस्था राख्ने उक्त क्षेत्रमा रहेका सम्पदास्थल पुनःनिर्माण तथा मर्मतका लागि सरोकार पक्षले राम्रोसँग देखाएमा खर्चको अभाव नहुने स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ ।

अन्तरराष्ट्रिय क्षेत्रमा पनि विभिन्न दातृ संघ संस्थाका प्रतिनिधिसंग सहयोगका लागि आग्रह गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो । विसं २०७२ वैशाख १२ गते आएको भूकम्प तथा त्यसपछि परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भएको थियो ।

चैत्यको गोलाद्र्धका विभिन्न भागमा चिरा परेको छ भने त्रयोदश भूवनका चक्का भत्कने स्थितिमा पुगेको छ । प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्धारका लागि विभाग र महासमितिले समेत अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्लाहीमा अनियन्त्रित गाडीले बिहेका जन्तीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ११ घाइते

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सर्लाहीमा अनियन्त्रित गाडीले बिहेका जन्तीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ११ घाइते

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा काटिँदैछ आज बिजुली

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

इरानमा विद्रोह गराउन असम्भव रहेको ट्रम्पको स्वीकारोक्ति

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com