काठमाडौँ, १० पुस । सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । एमाले नेताहरु माओवादीसँगको सम्भावित गठबन्धनको प्रयासमा लागिरहेका बेला लिङ्देन पनि बालकोट पुगेका हुन् ।अध्यक्ष लिङ्देन एमाले अध्यक्ष ओलीको निमन्त्रणमा त्यसतर्फ गएका हुन् ।
सत्ता गठबन्धनको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा आफ्ना अडान नछाडेपछि बैठक निष्कर्षबिना नै टुंगिएको थियो । अहिले सरकार गठनका लागि दलका नेताहरू निर्णायक छलफलमा जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएकी छन् । समयसीमा सकिन लाग्दा दलहरु निर्णायक छलफलमा जुटेका छन् ।



















प्रतिक्रिया दिनुहोस्