ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नामावली संकलनको समयावधि बढाउन सत्तारुढ घटकको आग्रह


admin
असार ३०, २०७४ शुक्रबार  ५ : ४३ बजे

काठमाडौँ, ३० असार । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुने फोटोसहितको मतदाता नामावली संकलनको समयसीमा साउनभर बनाउन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

आयोगमा दुई दलका नेताले प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहितका आयुक्तसँग आज बेग्लाबेग्लै भेट गरी यस्तो आग्रह गर्नुभएको हो । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणको नेतृत्वको टोलीले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर मध्यवर्षायाममा हुन लागेको मतदाता नामावली संकलनको समयावधि बढाउन, आफू रहेकै स्थानबाट मतदाता नामावली दर्ता गर्न र सबै स्थानीय तहमा मतदाता नामावली संकलन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

निर्वाचन आयोगले यसअघि नै साउन १ गतेदेखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन कार्य सञ्चालन गर्ने निर्णय गरिसकेको छ । आयोगले सो अवधिमा मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटि भएको भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

भेटपछि पत्रकारसँग कुरा गर्दै नेता खाँडले काँग्रेस नेतृत्वले विदेशमा रहेका नेपालीलाई कसरी मतदानमा भाग लिन व्यवस्था गर्र्न सकिन्छ र त्यसका लागि त्यहाँ नै मतदाता नामावली संकलन गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा छलफल भएको बताउनुभयो ।

उहाँले काँग्रेसले पहिलो र दोस्रोचरणको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएकोमा आयोगका पदाधिकारीलाई बधाई र धन्यवाद ज्ञापन गरेको जानकारी दिनुभयो । काँग्रेसको टोलीमा नेता आनन्दप्रसाद ढुंगाना, रामहरि खतिवडा, महेन्द्र यादवलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

यसैगरी, नेकपा ९माओवादी केन्द्र०का नेता हरिबोल गजुरेलले पनि पार्टीका तर्फबाट नामावली सङ्कलन ७४४ स्थानबाटै हुने तथा त्यसका लागि समयावधि बढाउन आयोगसँग आग्रह गर्नुभएको जानकारी आयोगले दिएको छ

आयोगका कामु सचिव महेश्वर न्यौपाने ७४४ स्थानीय तहमा पुगेर मतदाता नामावली संकलन, आफू रहेको जिल्लाबाट आफ्नो स्थायी ठेगाना भएको स्थानमा मतदान गर्ने व्यवस्थाका लागि नाम दर्ता र १५ दिनका लागि तोकिएको समय अपुग भएकाले बढाउन राजनीतिक दलका नेताले आयोगको ध्यानाकर्षण गराउनुभएको जानकारी दिनुभयो ।

उहाँले आयोगको जनशक्तिको, आगामी निर्वाचनको समयसीमा र स्थानीय तहको हालको अवस्था आदिका कारण जिल्ला सदरमुकामबाटै नामावली संकलन गर्ने कार्यलाई भरपुर प्रयोग गर्न उचित हुने बताउनुभयो ।

मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले पुनः नाम दर्ता गराउनु नपर्ने जनाउँदै आयोगले नाम दर्ता भइसकेपछि साउन १६ गतेदेखि २० गतेसम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।

यसअघि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट निरन्तर दर्ता, घुम्ती दर्ता, विशेष दर्तालगायतका कार्यक्रमबाट मतदाता नामावली संकलन गरिँदै आएको थियो । स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै फागुन ९ गतेदेखि यो कार्य स्थगित भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चुनवाङमा प्रचण्ड भावुक : ‘ढाडमा टेकेर टाउकोमा हान्ने नीति यहीँ बनेको थियो’

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com