ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सातै प्रदेश सभामा समानुपातिकबाट ८५ प्रतिशत महिला निर्वाचित


एबीसी / संवाददाता

काठमाडौँ । सबै प्रदेश सभामा ८५ प्रतिशत महिला समानुपातिकतर्फबाट निर्वाचित भएका छन् । गत मङ्सिर ४ गते भएको निर्वाचनमा विभिन्न राजनीतिक दलले प्रत्यक्षमा कम उम्मेदवार बनाउँदा समानुपातिकमा बढी महिला निर्वाचित भएका हुन् । ​

प्रत्यक्षतर्फ उम्मेदवार नै कम भएकाले जित्ने महिलाको संख्या छ। संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न समानुपातिक तर्फबाट धेरै महिला निर्वाचित भएका हुन् ।

​सातै प्रदेशमा समानुपातिक तर्फबाट कुल १ सय ८६ महिला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार समानुपातिकबाट ३४ पुरुष सदस्य निर्वाचित भएका छन् । सातै प्रदेशसभामा समानुपातिक २२० सदस्य छनौट भएका हुन् ।

राजनीतिक दलले समानुपातिक सदस्य उम्मेदवारको नाम बन्द सूचीमा मनोनयन दर्ता गराएका थिए । प्रतिनिधिसभामा पनि समानुपातिकतर्फबाट महिला सदस्य बढी निर्वाचित भएका छन् ।

प्रदेश १ को प्रदेशसभामा समानुपातिकतर्फबाट महिला ३१ र पुरुष ६ जना निर्वाचित भएका छन् । मधेश प्रदेशको प्रदेशसभामा समानुपातिकतर्फबाट ३६ महिला र पुरुष ७ जना निर्वाचित भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार बागमती प्रदेशको प्रदेशसभा समानुपातिकबाट महिला ३५ र पुरुष सदस्य ९ जना निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशको प्रदेशसभामा समानुपातिकबाट १९ महिला सदस्या निर्वाचित भएका छन् भने ५ पुरुष निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशमा समानुपातिकबाट ३२ महिला र ३ जना पुरुष सदस्य रनिर्वाचित भएको आयोगले जनाएको छ ।

कर्णाली प्रदेशमा १५ महिला र १ जना पुरुष समानुपातिकबाट निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशसभाको समानुपातिक सदस्यमा कुल २१ समानुपातिक सदस्यमध्ये १८ महिला र ३ जना पुरुष निर्वाचित भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com