ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पामा चिर्तुङधारामा बिहे भोज खाएपछि सिंगो गाउँका सय बढी विरामी


एबीसी / संवाददाता
मंसिर २०, २०७९ मंगलबार  ५ : ४१ बजे

पाल्पा, , २० मंसिर ।  जिल्लाको एक गाउँमा बिहेको भोज खाएपछि सबै जना विरामी भएका छन् । जिल्लाको बगनासकाली गाउँपालिका–१ चिर्तुङधारामा शनिबार बिहे भोज खाएका एकै गाउँका एक सय भन्दा बढी व्यक्ति विरामी परेका हुन् ।

चिर्तुङधाराका दानबहादुर गाहाको छोरीको बिहेमा गएर भोज खाएका बुढाखाण्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका एक सय भन्दा भन्दा बढी व्यक्ति बिरामी परेका छन् । उनीहरूमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुनेलगायतका समस्या देखिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसिएन मधुसूधन भट्टराईले दिएका छन ।

अधिकांशलाई स्थानीय स्वास्थ्यचौकीबाट औषधि उपचार गरे पनि ठिक नभएपछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा पुु¥याइएको थियो । कतिपयले आइतबार खप्न सकिन्छ कि भन्ने भएपनि सोमबार भने अधिकांश बिरामी आत्तिएर अस्पताल पुगेका थिए । मिसन अस्पतालका अनुसार सोमबार २२ जना बिरामी उपचारका लागि आएका थिए । त्यसमध्ये चार जनालाई भर्ना लिएर उपचार गर्नु परेको छ । अस्पतालका प्रमुुख प्रशासकिय अधिकृत जीवन भट्टराईका अनुसार सबै बिरामी खतरामुक्त भएपछि घर पठाइएको छ ।घरमा रहेका विरामीहरुलाई अहिले गाउँपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीको टोलीले उपचार र परामर्श गरिरहेको छ ।

घर–घरमा पुगेर उपचारको व्यवस्था गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । उनका अनुुसार विरामी मध्ये अधिकांसमा झाडापखलाको समस्या देखिएको र सबै विरामीहरुको चेंक जाँच भइरहेको छ । उनका अनुसार बिहे भएको घरमा गएर भोज खाने प्रायः सबै बिरामी परेकाले समस्या आएको छ । ‘कतिपय घरमै सहेर, खटाएर पनि बसेका छन्,’ उनले भने, ‘घरका प्रायः सबैजसो बिरामी भएको अवस्था छ । कतिपयले सहनै नसक्ने भएपछि मात्र बिरामीहरु अस्पताल गएका हुन् ।’ के कारणले ‘फुड पोइजन’ भयो भन्ने अनुमानसमेत गर्न नसकेकिएको प्रमुख अधिकारीले बताए । स्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्य शाखाको पहलमा पानीको परीक्षण गर्ने तयारी पनि गरिएको ल्याब टेक्निसिएन भट्टराईले जानकारी दिए । यहाँ प्युठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ती आएका थिए । जन्ती आएका एकै गाउँका ४५ जना पनि बिरामी परेका छन् । बेहुला बेहुलीसहित ४५ जना बिरामी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com