ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा निर्वाचनको माघ १२ देखि आचारसंहिता लागू


एबीसी न्यूज
माघ ९, २०७४ मंगलबार   २ : ४६   बजे

काठमाडौँ,९ माघ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गरिने बताएका छन्। राष्ट्रियसभाको निर्वाचन प्रयोजनका लागि यही माघ १२ गतेदेखि निर्वाचन आचारसंहितासमेत लागू हुने आयोगले जनाएको छ।
राष्ट्रियसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिलाई आयोजित मतदान तथा मतगणनासम्बन्धी प्रशिक्षणमा आज सम्बोधन गर्दै डा यादवले मतदातालाई मतदानमा आफ्नो विवेक प्रयोग गर्न आह्वान गरेका छन्। निर्वाचनको इतिहासमा एकै वर्ष स्थानीय निकाय तथा प्रतिनिधिसभारप्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भइसकेका छन्, उनले भने, ठूला नदी पार गरिसकियो, अब खोल्साखाल्सी तर्न बाँकी छ, यसलाई पनि सहजतापूर्वक पार गर्नुपर्छ।

राष्ट्रियसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्ने आयोगको कार्यमा सहयोग पुर्याउन आग्रह गर्दै उनले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलसँग अनुरोध गरे।

कार्यक्रममा आयोगले दलका प्रतिनिधिलाई मतपत्रको ढाँचा, मतदानको तरिका, मतदान प्रक्रिया, मतगणना लगायत विषयमा प्रशिक्षण दिनेछ। प्रशिक्षणमा नेकपा (एमाले), संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेसलगायतको सहभागिता थियो।

 

आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिकानुसार यही माघ ७ गते सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरेको छ।

सोअनुसार प्रदेश नं १ मा ३६७, प्रदेश नं २ मा ३७९, प्रदेश नं ३ मा ३४८, प्रदेश नं ४ मा २३०, प्रदेश नं ५ मा ३०५, प्रदेश नं ६ मा १९८ र प्रदेश नं ७ मा २२९ मतदाता छन्। आयोगको निर्वाचन तालिकानुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ।

आयोगले प्रदेश नं १ को मोरङ, विराटनगर, प्रदेश नं २ को धनुषा, जनकपुरधाम, प्रदेश नं ३ को ललितपुर, पाटन, प्रदेश नं ४ को कास्की, पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरेको छ।

निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ र ७ प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य ५५० गरी दुई हजार ५६ मतदाताले मताधिकार प्रयोग गर्नेछन्।

स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष तथा प्रदेशसभामा पुरुष ३६१ र महिला १८९ मतदाता छन्। निर्वाचनका लागि सात स्थानमा १४ मतदान केन्द्र रहनेछन्। निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहका पदाधिकारीको मतभार १८ हुने आयोगले जनाएको छ। राष्ट्रियसभाको गठन एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुनेछ।रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

नयाँ कर प्रणालीले विद्युतीय गाडीको मूल्य ४० लाखसम्म बढ्ने

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group