ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा (एकीकृत समाजवादी)को पुर्नगठन दिवस : वाम एकताको चर्चा (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, १० भदौ ।  सत्ता  साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाएको छ । हालका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले २०७८ साल भदौ ९ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको थियो । तात्कालीन नेकपाको ओली सरकारले दुइ–दुर्ई पटक प्रतिनिधिसभा संसद विघटनपछि उत्पन्न जटिल परिस्थितीमा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँत्यायो ।

तत्पश्चात्, एमालेबाट छुटेका माधव नेपाल र झलनाथ खनाल लगायतका वरिष्ठ नेताहरुको नेतृत्वमा नयाँ दल एकीकृत समाजवादी गठन भएको थियो । तात्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो पटक २०७७ पुष ५ र २०७८ जेठ ७ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधिसभा संसद विघटन गरे । दोस्रो पटकको संसद विघटनपछि भने तात्कालीन प्रमुख विपक्षी दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि उभिए ।

एमाले विभाजनको प्रष्ट तर अनौपचारिक श्रृङ्खलाको पृष्ठभूमि यस्तै थियो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युझाएपछि एमाले विभाजन रोक्न दोस्रो तथा तेस्रो तहका नेताहरुको पहल निकै रह्यो । ओली र नेपालबीच पटक–पटक वान टु वान भेटवार्ता भयो । तर, व्यक्तिगत कटुतताले भरिपूर्ण ओली र नेपाल एउटै पार्टीमा सँगै बस्न सक्ने अवस्था रहेन र अन्ततः यसले पार्टी फुटको रुप लियो । एकीकृत समाजवादीले भदौ ९ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पायो । समाजवादीले ओलीको प्रतिगमनलाई परास्त गर्दै संविधान र लोकतन्त्रलाई ट्रयाक्मा ल्याउन पार्टीको भूमिका महत्वपूर्ण रहेको भन्दै बिहीबार पुनगर्ठन दिवस मनायो ।

समाजवाद ल्याउने मुख्य उद्देश्यसहित पार्टी गठनको एक वर्षमा उल्लेख्यरुपमा संगठन निर्माण एवम् विस्तार भएको सो पार्टीका नेताहरुको दाबी छ । समाजवादीले गएको स्थानीय निर्वाचनमा पहिलो पटक सहभागी बन्यो । पाँच दलको गठबन्धनबाट निर्वाचनमा सहभागी भएको समाजवादीले चित्त बुझ्दो स्थान भने हासिल गरेन । यद्दपि, मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्मुखमा बृहत्तर वाम एकताको पहल गर्ने निर्णय समाजवादीले गरेको छ । निर्वाचनपछि सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग पार्टी एकता संयोजन समिति गठन गरेर अघि बढ्ने योजनामा एकीकृत समाजवादी छ । नयाँ दलको हैसियतमा गठबन्धनभित्रै छुट्टै संघर्ष गर्नुपरेको समाजवादीले एमालेलाई पराजय गर्न सफल भएपनि सत्तामा अलग शक्ति निर्माण गर्न असफल भएको टिकाटिप्पणी हुने गरेको छ । सरकार गठनका क्रममा मन्त्री हेरफेर बारेमा भएको अपरिपक्व निर्णयले समाजवादीको आन्तरिक जीवनमा समेत धेरथोर असर पा¥यो । यद्दपि, एमाले दक्षिणपन्थी भासमा फसेको र यो भन्दा फरक कम्युनिष्ट विचार धारलाई बोकेर अगाडि बढ्ने समाजवादीका नेताहरुले बताउने गरेका छन् ।

एकीकृत समाजवादीले माओवादी केन्द्रसँगै, डा. बाबुराम भट्टराई र वामदेव गौतमसँग बृहत्तर वाम एकताको पहल गने बताएको हो । पूर्व माओवादी नेता भट्टराई, नयाँ शक्ति र जनता समाजवादी हुँदै अहिले फेरी नयाँ दल नेपाल समाजवादी पार्टीको अध्यक्ष बनेका छन् । पूर्व एमाले नेता वामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियान नामको नयाँ पार्टी चुनावका लागि निर्वाचन आयोगमा दर्ता गराएका छन् । गौतमले माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडाबाट निर्वाचन लड्ने कसरतमा छन् ।

माओवादी केन्द्रभित्रै यस विषयमा औपचारिक छलफल भएको छ । एकीकृत समाजवादीले पार्टी पुनर्गठनको दिवस मनाइरहँदा देशमा एमालेबाहेकका वाम शक्तिहरुबीच एकताको चहलपहल बढेको हो । तत् समय ओलीपछि सरकारको नेतृत्व नेपाली कांग्रेसको हातमा गयो । त्यस परिघटनालाई नियालेर वाम शक्तिहरु विभाजनको फलस्वरुप सत्ता कांग्रेसको हातमा गएको टिप्पणी आज पनि हुने गरेको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सो सरकारले एमाले विभाजनका लागि दल र संसदमा २० प्रतिशत भए पुग्ने राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याए । जसले एकीकृत समाजवादी पार्टी गठन गर्न ऐतिहासिक बल पुग्यो । तात्कालीन समयमा ओलीविरुद्ध रहेका दलहरुसँगै एकीकृत समाजवादी आगामी निर्वाचनसम्म सँगै जादैछ । यद्दपि, सत्ता गठबन्धनभित्र सो दल निर्णायक एवम् मुख्य भूमिका देखिँदैन । यद्दपि, एमाले गत स्थानीय निर्वाचनमा देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्न सफल भयो । पार्टी गठन भएको वर्ष दिनको सेरोफेरोमा एकीकृत समाजवादी पार्टीको शत्तिः निर्माण गर्दै बृहत्तर वाम एकताको निष्कर्षमा पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com